Photo of Milford Sound in New Zealand

काठमाडौं। हिजो खिचिएको यो फोटो नदीमा पौडी खेलीरहेका यी युवकहरुको अन्तिम फोटो बन्न पुग्यो । यो फोटो खिचेको २ मिनेटमै यो समूहका तीन जनाको बगेर मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको प्रतापगढमा बकुलाही नदीमा पौडी खेल्दै सेल्फी खिच्ने क्रममा यी युवकहरुको हिजो दिउँसो बगेर मृत्यु भएको हो । यी युवकहरु विद्यार्थी रहेको भारतीइ संचारमाध्यमले जनाएका छन् । दुई युवक बच्न सफल भएका छन् ।

पाँच जना नै प्रतापगढका भएको बताइएको छ । यी पाँचै जना फरक फरक स्कुलमा इन्टर पढ्दै थिए । रक्षा बन्धनको अवसरमा उनीहरुले घरबाट खर्चको लागि राम्रै रकम पाएका थिए । पैसाको उपयोग गर्नको लागि उनीहरुले पिकनिकको योजना बनाएका थिए । पिकनिककै सिलसिलामा उनीहरु बकुलाही नदीको पानीमा पौडी खेल्न निस्किए । सेल्फी खिच्ने चक्करमा उनीहरु पानीको गहिराइमै पुगे । तीब्र बहाव भएका कारण उनीहरु नदीमा बगेका हुन् ।

उनीहरुले सेल्फी लिँदै गर्दा खसजिलो भएपछि मोवाइल आफू चढेर गएको गाडीका ड्राइभरलाई दिएर फोटो खिच्न लगाएका थिए । ड्राइभरले फोटो खिच्दै गर्दा उनीहरु पोज दिँदै अझ गहिराइतिर गए । ड्राइभरले फोटो खिच्दै थिए । त्यही क्रममा नदीको तेज बहावले उनीहरुलाई बगाएको हो । ड्राइभरले खिचेको यो फोटो नै यी साथीहरुको अन्तिम सामूहिक तस्वीर बनेको छ ।

dcnepal बाट साभार गरिएको

The post नदिमा पौडी खेलीरहेका यी युवकहरुको यो फोटो बन्न पुग्यो अन्तिम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2viBYHi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top