Photo of Milford Sound in New Zealand

काठमाडौँ । मोरङ्गको सुन्दरहरैचामा १११ बर्षिय बृद्ध भेटिएकी छिन । सुन्दरहरैचा ५ स्थित बलियामा तिलोतमा पोखरेल १९६३ सालको नागरिकता अनुसार उनि १११ बर्ष उमेर पुगेकी हुन । उनी अहिले ५४ बर्षिय नातिनी रमा खतिवडाको साथमा रहदै आएकी छिन । उनको अबस्था भने कान नसुनिने बायेक अरु सामान्य जस्तै छ । अरुले बोलेको काम सुन्ने र आखा कमजोर बायेक हिड्ने डुल्ने सक्ने पोखरेल देखेर सबै अच्चमित बन्ने गरेका छन । एक महिना अघि छातीमा समस्या देखिएपछि मात्र थलिएकी पोखरेल हिड्ने डुल्ने, आफै नुहाउने खाने, गफ गर्ने आदी सबै गदै आएकी छिन । उनि अहिले शौचालय आफै जान सक्छिन । तर घर देखी बाहिर हिड्न डुल्न अहिले केही असहज भएको छ । दुई छोरी मध्ये एक छोरीको ५ बर्ष भन्दा अघी मृत्यु भएपछि उनि र जेठी छोरी नातिनी ज्वाईका साथमा रहदै आएकी छन । जेठी छोरी बिष्णुमाया अधिकारी अहिले ९० बर्षमा छिन । परिवारका अन्य सदस्यले हेरचाह गर्न नमानेपछि आमा छोरी अहिले नातिनीको घरमा शरण लिदै आएका छन ।

जन्मदेखी नै खासै ठुलो बिरामी नभएकी तिलोतमा पोखरेलको शरिर अझै दरो नै छ । एक महिना अघि देखी मात्र छातीमा असर देखिएपछि उनि अलि सिकिस्त छिन । तर अहिले बिरामी भएपनि सबै कुरा आफै गरौ भन्ने भन्ने चाहन्छीन उनि । चाउरी परेको गाला, सुकेका हात र कमजोर शरिर भएतापनि उनि हर कुरमा चासो राख्छीन । को आयो के ल्यायो आफन्तको खबर जस्ता कार्यमा उनले नतिनि र छोरीलाई सोधीखोजी गर्छिन । खानमा उनि दुध, गिलो भात, सुप, फलफुल खाने गर्छिन । ५४ बर्षिय नातिनी रमा खतिवडाका अनुसार ९० बर्षिय आमा र १११ बर्षिय हजुरआमालाई पाल्न पाउदै निकै खुशी छिन । भगवानले पनि आफुलाइ आमा र हजुरआमाको सेवा गर्ने अवसर दिदा मन सन्तुष्टि हुने गरेको उनि बताउछिन । पुण्य सरह भएको भएको छ तर स्याहारसुसार एक्लैले गर्नु पर्दा केही असजिलो हुने गरेको उनि बताउछिन । यत्रो उमेर हुदा समेत सरकारले जेष्ठ नागरिकको रुपमा सेवा सुबिधा नदिएको प्रति उनका भदा गणेश कोइराला रुष्ट छन । एक सय बर्ष माथिका व्यक्तिलाई सरकारले निशुल्क उपचार गर्ने भनिएपनि कार्यान्वयन गर्ने कुरामा कठिनाई भएको उनले बताए । उनको जन्म खोटाङ्गमा भएको थियो । उनको नागरिकता अनुसार उनको जन्म १९६४ असार १ गते भएको देखिन्छन । २०५२ भदौ ८ गते उनको नागरिकतामा जारी मिति लेखिएको छ । हेर्नुहोस भिडियो


source:etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vwXlW8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top