Photo of Milford Sound in New Zealand

काठमाडौं । यस साता नेपाल आइडलको मञ्चबाट उल्सन श्रेष्ठ बाहिरिएसँगै अब ७ जनाबीच प्रतिस्पर्धा हुने छ । तीनै सात आइडलमध्येका एक हुन् सुरज थापा । नेपाल आइडलमा कडा संघर्ष गर्दै यहाँसम्म आइपुगेका उनको वास्तविक जीवन पनि कडा परिश्रममा बितेको छ । उनका बाबु इण्डियन आर्मी ह्न् । सुरजलाई पनि आर्मी बनेको हेर्न चाहने उनका बाबुको सपना थियो । तर, सानै उमेरदेखि गीत संगीतलाई माया गर्दै आएका सुरजले आर्मी बन्ने सपना कहिले पनि देखेनन् । बरु उनको नसा नसामा गीत संगीतको रगत बगिरहेको थियो । आर्मीमा भर्ती हुने उमेरमा उनले भने आफूलाई स्थापित गायकको सूचीमा उभिएको कल्पना गर्न थालिसकेका थिए । एसएलसी सकेर सुरज नेपालगञ्जबाट काठमाडौं आए ।

काठमाडौको दुःख
काठमाडौंमा सुरजको चिनेजानेको कोही थिएन । सानैदेखि अन्तरमुखी स्वभावका सुरज सोझा थिए । सुरजका बाबुको सामान्य कमाइले घरखर्च चल्न धौ धौ थियो । अहिले पनि सुरजको नेपालगञ्जमा रहेको टायलले छाएको र खडाइले बारेको घरमा बर्खामा सजिलै पानी छिर्छ । घरबाट कुनै आर्थिक सहायताको सम्भावना थिएन । काठमाडौ आएको दुई वर्ष उनले पाउनुसम्म दुःख पाए । उनले ठेलागाडामा चाउचाउ, साबुन पनि बेचे । तर त्यसबाट आएको थोरै पैसाले जीवन चलाउन पनि मुस्किल थियो । संगीत सिक्ने र कलेज पढ्ने कुरा त परकै भैहाल्यो ।

संगीतको मोह

यति हुँदा पनि सुरजले संगीतलाई त्याग्न सकेनन् । आफ्नो करियर संगीत बाहिर हुने कल्पनासम्म पनि गर्न सकेनन् । त्यतिबेला भर्खरै एफएमको क्रेज बढ्दै थियो । काठमाडाैंमा एचबीसी एफएमको गायन रियालिटी सो प्रख्यात थियो । जसमा सुरजले पनि भाग लिए र प्रथम भए । पुरस्कार स्वरुप उनले एउटा म्युजिक इन्स्टिच्युटमा ६ महिना छात्रवृत्ति पाए । त्यहीँ उनको भेट म्युजिक गुरु लाक्पा शेर्पासँग भयो । छोटो समयमै लाक्पा र सुरज साथी जस्तै नजिकिए । लाक्पाले सुरजको प्रतिभा र दुःख देखेर एउटा रेस्टुरेन्टमा गीत गाउने जागिर लगाइदिए । यही घटना नै सुरजको सांगीतिक करिअरमा माइलस्टोन साबित भयो । अब सुरज गीत गाएर गुजारा गर्न सक्ने भए । आज पनि सुरज लाक्पालाई आफ्नो म्युजिक गुरुको रुपमा सम्मान र माया गर्छन् ।

बहराइनको महंगो पारिश्रमिकलाई त्याग

नेपाल आइडलमा आउनुअघि सुरजले नेपाली तारामा पनि भाग लिएका थिए । ‘नेपाली तारा’ मा उनी टप ७ सम्म पुग्न सफल भए । उनी भारतीय रियालिटी सो ‘इण्डियन आइडल’ मा पनि सहभागी भएका थिए । त्यहाँ उनी दोस्रो चरणबाट अघि बढ्न सकेनन् । परिवारबाट उनलाई लगातार विवाहको दबाब आइरहेको थियो । घरका जेठा छोरा भएकाले पनि उनीमाथि विवाहको दबाब परेको थियो । घर व्यवहारमा ध्यान दिनका लागि पारिवारिक दबाब त छँदै थियो । यिनै दबाबबीच रहे उनी । त्यसपछि बहराइनको नेपाली रेष्टुरेन्टमा गीत गाउनकै लागि त्यहाँ पुगे ।

बहराइन पुगेका सुरजको भविष्यले नयाँ मोड लिँदै थियो । दुई वर्षमा केही पैसा जुटाइसकेका सुरज म्युजिक एल्बम तयार गर्नका लागि नेपाल आए । ६ महिनामा फर्किने वाचा गरेर नेपाल आएका सुरज त्यसैबीच नेपाल आइडलमा भाग लिन पुगे । नेपाल आइडलमा छनौट भइसकेपछि बहराइनका रेष्टुरेन्ट मालिकले सुरजको पारिश्रमिक डेढ लाख बनाइदिने भन्दै नेपाल फर्काउन खाजे । तर, जागिरलाई त्यतै माया मारेर सुरज नेपाल आइडलमा अहिलेसम्म पनि सघर्षरत नै छन् ।

वास्तविक जीवनमा पनि दुःखमा डुबेका सुरज सेन्टिमेन्टल गीतहरुमा आफूलाई पूर्ण रुपमा ढाल्न माहिर छन् । यौ नै उनको विशेषता हो, जुन नेपाल आइडलका निर्णायकहरुले पनि प्रतिक्रिया दिँदै आएका छन् । source:nepalaaja

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uehvAL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top