सुनसरी, साउन ३० – ‘बेलुका खानपान गरेँ । सधा झैँ सुतेँ । रातको १२ बज्यो टोलमा कोलाहल मच्चियो’ बुढी खोलाको त्यो भयङ्कर बाढीमा १० किलोमिटर बगेर बाँचेकी सानुमाया अस्पतालको बेडमा सम्झनु हुन्छ, ‘बाँच्छु भन्ने आशा गरेकै थिइनँ ।’
सानुमाया राई, इटहरीको जनता बहुमुखी क्याम्पसमा पढ्नु हुन्छ । बिएड प्रथम वर्षमा पढ्ने सानुमायाले पढाइसँगै स्थानीय मन्टेश्वरीमा काम गर्न थाल्नु भएको थियो । उहाँ मामाको घरमा बसेर पढ्ने र पढाउने काम गर्दै आउनु भएको थियो । शनिबार मन्टेश्वरी बिदा हुन्थ्यो । बिदाका दिन उहाँ दिदीको घर जानु हुन्थ्यो । दिदीको घर थियो इटहरी–४ स्थित गैरी गाँउमा ।
शुक्रबार पनि मन्टेश्वरी बिदा भएपछि सानु माया दिदीको घर जानु भयो । ‘बेलुका खानपान गरेँ । सधा झैँ सुतेँ । रातको १२ बज्यो टोलमा कोलाहल मच्चियो’ बुढी खोलाको त्यो भयङ्कर बाढीमा १० किलोमिटर बगेर बाँचेकी सानुमाया अस्पतालको बेडमा सम्झनु हुन्छ, ‘बाँच्छु भन्ने आशा गरेकै थिइनँ ।’
इटहरीबाट बगेर दुहवीस्थित बुढी खोलाको पुल नजिक पुगेपछि उहाँलाई उद्धार गरिएको थियो । खोलामा बगाउँदै लैजाने काठ झिक्नेहरुको समूहले उहाँको उद्धार गरेको थियो । काठ भनेर तान्दा सानुमायाको उद्धार भएको हो । शुरुमा उनीहरुले दुहवीको सामुदायिक अस्पतालमा भर्ना गरे । त्यसपछि इटहरीका सामुदायिक अस्पतालमा उहाँको थप उपचार गरिएको हो । अहिले धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार भइरहेको छ ।
उहाँलाई स्वास प्रश्वासमा समस्या छ । उहाँ बोल्न सक्नु हुन्न । झण्डै १० किलोमिटर बाढीले बगाएको थियो । उहाँले चार घण्टा बाढीमा संघर्ष गरेर नयाँ जीवन प्राप्त गर्नु भएको छ । दुहवी स्थित सामुदायिक अस्पतालबाट इटहरीमा रहेको सामुदायिक अस्पतालमा ल्याउँदा एउटै एम्बुलेन्समा आउनु भएका एमाले नेता राजेन्द्र गौतमले काठ निकाल्न जाने युवाहरुले दुहवीबाट उद्धार गरेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘त्यत्रो बाढीमा कसरी बाँचिन् मैले कल्पनासम्म गर्न सकिनँ ।’
‘हातमा लठ्ठी थियो, हल्लिरहेको देखेपछि काठ भनेर निकाल्न खोज्दा मान्छे पो रैछ’ उद्धारमा संलग्नलाई उद्धृत गर्दै गौतमले भन्नु भयो, ‘इटहरीसम्म ल्याउँदा उहाँ अलि अलि बोल्न सक्ने भएकाले हामीले इटहरीको अस्पतालमा भर्ना गरायौँ । शनिबार इटहरीबाट धरान जान समेत समस्या थियो ।’
यसरी बगिन् सानुमाया
सानुमाया राईको दिदीको परिवार सधा झैँ शुक्रबार पनि खाना खाएर घरमा सुत्यो । टिनको छानो इँटाको गारो । टोलमा उनीहरुको घर बलियै मानिन्थ्यो । रातको १२ बजे सुसाउँदै खोला आयो । टोलमा कोलाहल र रुवाबासी शुरु भयो । उनीहरुले ठाने सँधा झै खोला तलैबाट बगेर जान्छ, सानुमायाकी दिदीकी छोरी कमला राईले भन्नु भयो ‘बाढी आएको थाहा पाएर पनि घरमा आउँदैन भनेर वास्ता गरेनौं, घरमा सुत्यौँ सानी ( सानुमाया) ले उठाएपछि पो पानी कम्मर आइसकेको रहेछ, भाग्न खोज्दा सकेनौं र सिलिङ समातेर बस्यौं ।’
बाढी उनीहरुको घरको छानोमा उक्लियो । घरको गाह्रो भत्कायो । पानी बढ्न थालेपछि उनीहरु आत्तिए । गुहार मागे । तर बाढीको कहरले गैरी गाउँ बगाइसकेको थियो, टोल सुनसान थियो कसले सहयोग गथ्र्यौ र सानुमाया र उनको दिदीको परिवारलाई ? बाढीले बगाउन थालेपछि ‘नजिकै एउटा रुख भेटेँ र त्यसमा चढेँ, भाइ अर्को रुखमा चढ्यो’ कमलाले सम्झनु भयो, ‘त्यो रुख भाँच्चिएपछि अर्कोमा अनि त्यो भाच्चिएपछि फेरि अर्कोमा चढेर बसेँ ।’ पानी परि नै रहेको थियो । जति रोए पनि कराए पनि कसैले सुनेन । केहीबेर अघिसम्म टोलमा रहेका घरमा जडान गरिएको सोलारको बत्ति धिप धिप गर्दै थियो । बत्ति मरेपछि त बाँच्छु भन्ने आशाको दीयो पनि निभ्यो ।’
रातभरी रुखको हाँगोमा चढेर बाँचेकी कमलालले भन्नु भयो ‘सानीलाई हेर्दा हेर्दै बाढीले बगाएपछि मैले पनि बाँच्ने आशा गरिनँ ।’ कमलाकी सानी आमा सानुमायालाई त भोलिपल्ट बिहान दुहबीमा भेटियो । तर कमलाका आमा बुवा र भाइको अहिलेसम्म अत्तो पत्तो छैन । कमलाका आमाबुवा आशादेवी र राजकुमार कहाँ छन् थाहा छैन । उनीहरुसँगै कान्छो भाइ निमेश पनि बेपत्ता छ । निमेश शनिबार जन्मदिन मनाउने योजनामा थिए । उनी चौथो वर्ष प्रवेश गर्दै थिए । कमलाका बावुआमा र भाइलाई पुरिएको शंका उनका आफन्तहरुले गरेका छन् ।
बाँच्नलाई हार गुहार
खोला घरमा पसेपछि सानुमायाले मन्टेश्वरी सञ्चालक सीता सन्ध्या राईलाई फोन गर्नु भयो । मध्यरातमा फोन आएको र पानी परिरहेको थाहा पाएपछि सीताले ठान्नु भयो पक्कै केही आपत आइलाग्यो । ‘मसँग कुरा भइरहेको थियो’ मन्टेश्वरीकी सञ्चालिका सीता सन्ध्या राईले भन्नुभयो ‘बाढीले बगाउनुअघि सानुमाया मैसँग सहयोगको याचना गर्दैै थिइन्, बाढीले बगाउँदै गर्दा चिच्याएको सुनेँ, त्यसपछि न फोन न आवाज । सानुमायाले फोन गरेको गर्यै गरेपछि मैले आफूले चिने जानेकाहरुलाई फोन गरेँ, तर सबै तर्किए, प्रहरीलाई फोन गरे पनि प्रहरी निकैपछि मात्र त्यहाँ पुग्यो रे’ सीताले भन्नुभयो । बाढी कम भएपछि कमला र उहाँका भाइ निसानलाई रुखबाट उद्धार गरियो । ujyaaloonline
तस्बिर – पत्रकार हिमाल दाहाल
The post झण्डै ४ घण्टा बाढीमा बगेकी सानुमाया जिवितै, मुडो भनेर खोलाबाट तान्दा युवती ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2uVdBw4
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.