Photo of Milford Sound in New Zealand

जनकपुरधाम: बलात्कारपछि निर्मम रुपमा १२ वर्षीया बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत धनुषामा उपस्थित गराईएको छ।जनकपुर उपमहानगरपालिका १ मुसहरी टोल निवासी कृष्णदेव साहकी १२ बर्र्षीया छोरी बिबिका साहको मंगलबार बलात्कार गरी घाँटी थिचेर हत्या गरेका महोत्तरी जिल्लाको बहेडा बेला ४ निवासी ३५ बर्षीय रामचन्द्र महतोलाई प्रहरीले अदालतसमक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए।

उनका अनुसार घरमा कोही नभएको बेला बालिकाको हत्या गरी आफ्नो कोठामै बाकसमा बन्द गरेर राख्दा मृतककी बहिनी र छिमेकीहरु पुगेर घटनास्थलबाटै पक्राउ गरिएका महतोको स्वास्थ्य परिक्षण गराई बुधबार जवरजस्ती करणी गरी हत्या गरेको मुद्दा चलाईएको हो।महतोलाई घटनास्थलमा उपस्थित सर्वसाधारणले कुटपिट गरेपछि उनी बेहोस भएका थिए।

उनलाई उपचार गराएर जिप्रका ल्याउँदा समेत उनले हत्याका विषयमा केही बोलेनन्। तर, बुधबार बिहान उनले आफ्नो अपराध स्वीकार गरेको प्रहरी उपरीक्षक आचार्यले जानकारी गराएका छन्।पहिलो श्रीमतिलाई गाउँमै छाडेर अर्काको श्रीमति भगाएर महतो जनकपुरमा विविकाको घरमा भाँडा लिई बस्दै आएको अनुसन्धानमा खुलेको हो ।

The post यही हो १२ बर्षको छोरी बलात्कार गरी घाँटी थिचेर हत्या गर्ने पिचास appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wPRpWv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top