Photo of Milford Sound in New Zealand

काठमाडौं: नेपाल वायु सेवा निगमले विमानस्थलमा यात्रु ओसार पोसाका लागि भन्दै १० करोड रुपैयाँमा खरिद गरेको नयाँ बसको सिसा गुलेलीले फुटाएको भन्दै सांसदहरुले आपति जनाएका छन्।

बुधबार व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा सांसद रामहरी खतिवडाले नयाँ बसको सिसा गुलेलीबाट फुटनुमा निगमको लापरबाही रहेको बताए। कमिसनको खेलमा ल्याइएको बसको सिसा कसरी फुटेको भन्दै उनले निगम महाप्रबन्धक सुगत रत्न कंसाकार सँग प्रश्न गरेको थिए।

खतिवडाको प्रश्नमा कंसाकारले बस खरिदमा आफुले रकम हिनामिना गर्न चाहेको भए दुई करोड खान सक्थे। तर, टेन्डरमा १२ करोडमा दुई बस दिने कम्पनी छनौट भएपनि दुई पक्षिय छलफलबाट १० करोडमा बस ल्याउँदै राज्यको दुई करोड बचत गरेको बताए।

‘मलाइ त काठमाडौंका बादर सबै कोर्केमा हालेर चितवन तिर पठाउन मन थियो’, उनले भने,‘तर बादर लखेटन गुलेली हान्दा बसकै सिसामा लागेछ।’

अनि किन फेरी नेपाली सिसा त भन्दै खतिवडाले गरेको प्रश्नमा कंसाकारले एउटा सिसा फेरी जर्मनबाटै माग्द चलखेल भएभन्छन भनेर नेपालीनै हालेको जवाफ दिएका थिए ।

निगमले खरिद गरेको बस विश्वका विभिन्न विमानस्थलमा प्रयोग भएको आधुनिक बस भएको उनको भनाई थियो । जसका कारण अहलिे विमानस्थलको आकर्षण बढेको छ । जहाज आकाशमै होल्ड गर्नुपर्ने समस्यामा केही समाधान भएको छ । annapurnapost

The post दश करोडमा खरिद र्‍याम बसको सिसा गुलेलीले फुटाएपछि ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uoKvdf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top