Photo of Milford Sound in New Zealand

‘पढाइ सकियो, तर जागिर छैन ।’ यो धेरैलाई लागेको समस्या हो । तर जागिर खोजेर समय वर्वाद गर्नुभन्दा आफुले केहि काम सिके जागिरले आफुलाई खोज्दै आउँछ । नेपालमा केहि काम गर्नेहरुको यति खडेरी छ कि तपाईं सोच्नसमेत सक्नुहुन्न । यी काम सिके बेरोजगार बन्नुपर्ने वाध्यता हट्छ भने राम्रो कमाई पनि हुन्छ ।

१. तपाईंले एसएलसी सम्म पनि पढ्नु भएको छैन भने कफी बनाउन सिक्नुहोस् । बजारमा प्रोफेसनल कफी बनाउन सिकाउने ठाउँहरु छन् । बजारमा कफी बनाउने व्यक्तिहरुको निकै खाँचो छ । यति गर्नुभयो भने तपाईंले महिनाको ३० देखि ३५ हजार सम्मको काम पाईहाल्नुहुन्छ ।

२.धेरैलाई मार्केटिङ भनेपछि वाक्कै लाग्छ । तर तपाईं अरुसँग राम्रोसँग बोल्न सक्नुहुन्छ भने विज्ञापनको आधारभूत ज्ञान राखेर मार्केटिङ सिक्नुहोस् । अहिले सामान्य रुपमा भ्याट बिल काट्न जान्ने, रिसिप्ट बनाउन जान्ने र अरुसँग कुरा गर्न जान्नेहरुलाई अनलाइन मिडियामा निकै राम्रो सुविधा छ । यस्तो काममा जानकार राख्ने र अलि बाठो मान्छे भए अनलाइन मिडियाहरुले २० हजारभन्दा माथि तलव दिन्छन् । यो काम सिक्न पनि त्यस्तै १५ दिन मात्र लाग्छ ।

३. कम्प्युटरमा रुची राख्नुहुन्छ भने कम्प्युटर बनाउन सिक्नुहोस् । यो काम गर्नेहरुको पनि ठुलो माग छ बजारमा । बजारमा हार्डवेर र सफ्टवेर सिकाउने संस्थाहरु प्रसस्तै छन् । कम्प्युटर बनाउन र नेटवर्कबारेमा राम्रो ज्ञान मात्र हुने हो भने त्यो व्यक्ति नेपालमा कहिलेपनि बेरोजगार हुँदैन ।

४. भिडियो क्यामरा चलाउन सिक्नुहोस् । नेपालका टेलिभिजनमा मात्र होइन विभिन्न सभा समारोहको भिडियो खिच्न जान्नेहरुको माग ठुलो छ भने आपूर्ति निकै कम छ । यो पेशामा त महिनाको १ लाख रुपैयाँसम्म पनि कमाउन सकिन्छ । दिनमा यस्ता क्यामराम्यानहरुलाई स्टुडियोहरुले वा विवाह जस्ता कार्यक्रम खिच्नेहरुले दिनकै ५००० सम्म दिन्छन् ।

५. नेपाली टाइप सिक्नुहोस् । अहिले नेपाली टाइप राम्रोसँग गर्नेको ठुलो माग छ बजारमा । नेपाली टाइप मात्र राम्रोसँग गर्न आउने हो भने त्यो व्यक्तिलाई पनि जागिरको खाँचो हुँदैन ।

६. मोटरसाइकल सिक्नुहोस् । हिजोआज हरेक जसो जागिरमा मान्छे राख्दा मोटरसाइकल चलाउन जान्नेहरुलाई राख्ने गरिन्छ । वा उनीहरुलाई बढी प्राथमिकता दिने गरिन्छ । त्यसैले मोटरसाइकल वा स्कुटर सिकेर लाइसेन्स निकालीहाल्नुहोस् । यो तपाईंलाई कुनैपनि बेला काम लाग्न सक्ने कुरा हो ।

The post बेरोजगार हुनुहुन्छ ? १५ दिनमा यी काम सिके जीवनभर भइन्छ रोजगार, हुन्छ राम्रो कमाई (पुरा विवरण हेर्नुहोस) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wIzQaM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top