Photo of Milford Sound in New Zealand

सलमान खानका भाई अरबाज खानले आज आफ्नो ५० औँ जन्मदिन मनाउँदैछन् । सलमान, अरबाज र सोहेल यी तीन दाजुभाईको नाम बलिउडमा चर्चामा रहेको नाम हो । सलमानको जस्तो स्टारडम अरुले नकमाए पनि सबै आफ्नो आफ्नो ठाउँमा उत्कृष्ट नै छन् । आज हामी तपाईहरुलाई यी तीन नायकहरुको बारेमा नभई उनको बहिनी अलवीरा खानको बारेमा बताउन गईरहेका छौँ ।

तीन भाईहरुको निकै चर्चामा आउँदा समेत उनलाई भने चर्चाबाट टाढा नै रहन चाहन्छिन् । अलवीरा न त आफ्नो बच्चाहरु न त आफ्नो पति अतुल अग्निहोत्रीको कारणले चर्चामा आएकी हुन् । उनको पति अतुल अग्निहोत्री एक कलाकार तथा निर्माता हुन् । यसको बावजुद पनि अलवीरा फिल्म इंडस्ट्रीको चमक धमकबाट टाढा नै छिन् ।

अलवीरा एक कस्ट्युम डिजाईनर र फिल्म निर्मात्री हुन् । ४७ बर्षकी उनले सानोबेलादेखी नै कस्ट्युम डिजाईन गर्न सुरु गरेकी थिइन् । उनी आफ्नो दाईहरुको लागी पनि कस्ट्युम डिजाईन गर्ने गर्छिन् । धेरै चर्चित सुपरस्टारहरु उनको ग्राहक छन् । उनको एम कस्टुयुम डिजाईनका स्टोर छ जसमा कोलकत्ता, दिल्ली र मुंबईको अनेकौँ कस्ट्युमहको कलेक्शन रहेको छ । आफ्नो यसैकामबाट उनले महिनामा करोडौँ रकम कमाउँछिन् । उनले फिल्म ‘सुल्तान’ को लागि कस्ट्युम डिजाईन गरेकी थिईन् ।

कस्ट्युमा डिजाईनको अलावा उनी फिल्म निर्माण पनि गर्छिन् । उनले ‘ओ तेरी’ फिल्म निर्माण गरेकी छिन् । यसको अलावा उनले कपिल शर्मा स्टारर ‘किस किस को प्यार करुँ’ र सलमान खान ‘बडिगार्ड’ पनि निर्माण गरिसकेकी छिन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u7GJ3I
via IFTTT

0 comments:

Post a Comment

add

 
Top