Photo of Milford Sound in New Zealand

काठमाडौँ – डा. गोबिन्द केशीको अनसनका बिषयलाई लिएर बहुचर्चित हाँस्य कलाकार केदार घिमिरे “माग्ने बुढा” ले कसिलो ब्यङ्ग गरेका छन् । डा. केसीलाई अनसन नबस्न भन्दै उनले स्वास्थ्य क्षेत्रमा भैरहेका बिभिन्न बिकृत एवं समग्र देशको राजनीतिक सामाजिक भ्रष्ट प्रबृतिलाई कडा शब्दमा ब्यङ्ग गरेका हुन् । जान्ने भएर किन अनसन बसेको भन्ने प्रश्न गर्दै उनले लेखेका यस्तो  छन्।

भूबन केसी अहिले सम्म अनसन बस्या सुन्या छैन , किरण केसी पनि छैन , सुस्मिता केसी पनि छैन, यी गोबिन्द केसी चैं किन जान्ने भएर अनसन बस्या ? डाक्टर भएसी खुरुखुरु बिरामी जाँच्नु , महंगा महंगा औसधि सिफारिस गर्नु , त्यसबाट आउने कमिशन खल्तीमा हाल्नु , सरकारी अस्पतालमा काम गर्नु,बिरामीलाइ यस्सो आँखा सन्काएर आफ्नै क्लिनिक तिर डाक्नु , त्यताबाट कमाउनु | कमाउनु पनि छैन खानु पनि छैन, भोकै बस्या छ, कसरि हुन्छ ? अरुको छोरा छोरीले ३५ लाखमा डाक्टर पढून कि ७० लाखमा पढून के मतलब ? गरिबले किन पढ्नु पर्यो ? ति माग्नेका सन्तानले | त्यत्रा म्यानपावर छन् तिनले चैं काम पाउनु परेन ? सबै डाक्टर हुन थाले भने ५५ डिग्रीको तातो घाममा कल्ले काम गर्छ ? तिमि गएर गर्छौ बुढा ? अरबियन देशमा नेपालीको कति धेरै माग छ , हेर है गोबिन्द केसी म्यानपावरको काम ठप्प पार्ने काम चैं नगर नि भन्द्या छु | गरिबका छोरा छोरी पनि डाक्टर हुन थाले भने ट्रयाक्टर कल्ले चलाउने ? मिनिबस कल्ले चलाउने ? खलासी को बस्नी ? तिमि बस्छौ ? | मेडिकल कलेजबाट कति मालामाल भैराकाछन् भोलि तिनका गोजीमा कल्ले पैसो हाल्दिन्छ ? तिमीले हाल्दिन्छौ ? हेर गोबिन्द मैले भन्या मान , यो देश लुट्ने खाने देश हो, त्यसैले आफुपनि लुट्न तिर लाग | बरु एउटा पार्टीको झोला बोकन, स्वास्थ्य मन्त्रि पक्का ल | तिम्रा पनि परिवार होलान , तिनको पालन पोषण तिर लाग , जगतको भलो तिर लागेर आफ्नो स्वाथ्य नबिगार | …………………………………..माग पुरा गराउन 1 share

The post डा. गोबिन्द केशीलाई जान्ने भएर किन अनसन बस्या भन्दै माग्ने बुढाले लेखे यस्तो स्टाटस’ appeared first on Taja nepali news.

http://ift.tt/2uR6EME

from SHYANE http://ift.tt/2w1PDn7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top