Photo of Milford Sound in New Zealand

जात्रामा झडप हुँदा असईसहित १० घाइते, प्रहरीद्वारा हवाई फायर

२५ साउन, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको डबलीमा लाखेजात्रा हेर्न पुगेका जात्रालुबीच आज झडप भएको छ ।

बेलकोटगढी नगरपालिका वडा नं ५ र ६ दुईपिपल र वडा नं ७ रातमाटेका युवाहरुबीच मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर भएको झडप भएको हो । झडप रोक्न प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

लाखे नाचअन्तर्गतको हिले जात्रा हेर्न पुगेका जात्रालुहरु दुई समूहमा विभाजित भएर झडप हुँदा दुवै पक्षका १० जना घाइते भएका छन् । घाइते हुनेमा बेलकोटगढी–६ का दीपराज लामा, प्रवीन तामाङ, प्रकाश तामाङ र सुब्बा तामाङ रहेको प्रहरी चौकी झिल्टुङका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पंकजकुमार सिंहले जानकारी दिनुभयो ।

यस्तै, बेलकोटगढी–७ रातमाटेका किरण लामा, चतुरमान लामा, अरुण अधिकारी, शम्भु कुँवर, निमा लामा र प्रदीप लामा घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकाहरुको टाउकामा चोट तथा हात र खुट्टा भाँचिएका छन् । source:everydaykhabar

The post फेरी आयो अर्को दुखद खबर , असईसमेत घाइते हुने गरि झडप appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vjn6Zw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top