Photo of Milford Sound in New Zealand

खगेन्द्र दाहाल , नेपालगन्ज १८ साउन । नेपालगन्ज उप महानगरपालिका वडा नं. ३ मा रहेको कुचबन्धीया बस्तीमा सर्पको विगविगी बढेको छ । अधिकाश सानो झुपडि घर त्यसमाथि चुहिने छानो भएको घरमा बस्ने कुचबन्धीया समुदायमा केहि दिन यता सर्प पसेर हैरान बनाएको छ । वर्षायामको समय भएकाले दिनमा भन्दा रातको समयमा सर्प आउने पटवारी कुचबन्धीयाले गुनासो गरे । पटवारीले दिनहुँ २÷३ वटा सर्प समुदायको घरमा आउने गरेको बताए । कुचबन्धीया समुदायका मानिसहरु प्राय भुईमै सुत्ने गरेका कारण वर्षायाममा सर्पको जोखिम बढेको हो । समुदायकै अगुवा राम कुमार कुचबन्धीया सर्प घरमा आउन थालेदेखि रातको समयमा डरलिएर सुत्नपर्ने अवस्था आएको बताउछन ।

जमिन सगै जोडिएको कोठा भएकाले सजिलै सर्प घरभित्र प्रवेश गर्ने गरेको समुदायका अगुवा राम कुमारले बताए । सिलौटा, जातो र सनपाठको डोरी बनाएर आफ्नो गुजारा चलाउदै आएका नेपालगन्ज उप महानगरपालिका ३ का कुचबन्धीयाहरुको घर नजिकै तलाउ रहदा समेत सर्पको जोखिम बढ्दै गएको छ । दिनको समयमा हल्ली खल्ली हुने भएकाले सर्प त्यति नदेखिएपनि रातको समयमा घरभित्रै पस्ने गरेको छ । सामरीया कुचबन्धीया खरको झुप्रो भएकाको घरमा प्राय दिनहुँ सर्प आउने गरेको बताइन । सामरीयाले साना साना केटाकेटि घरमा भएकाले रातभर सर्पकै कारण सुत्न नै नसकेको दुखेसो पोखिन । घरको छाना बाट पानि चुहिने समस्याले गर्दा पनि किरा, सर्व घर भित्र सजिलै प्रवेश गरेको स्थानियको भनाई छ ।

यो बेला पानि कम परेको छ तर पनि सर्प दिनहुँ बस्तीमा आएर हैरान बनाइरहेका छन भने पानि धेरै पर्न थालेपछि झनै कस्तो होला भनेर स्थानियहरु चिन्तीत बनेका छन । दिनहुँ सर्प आएको साथ पाउन साथ त्यसलाई मार्ने बाहेक अरु विकल्प नरहेको कुचबन्धीयाहरुले बताएका छन । भुईमा विस्तारा लगाएर सुत्छौ अस्ती मात्र एउटा सर्प सिरानिछेउमै आउदा आफ्नो सातो गएको अर्नुन कुचबन्धीयाले बताए । उनले त्यस दिन देखि राति निर्दा पर्न छाडेको बताए । सर्पबाट बच्न कुचबन्धीयाहरुले रातको समयमा घरको आगनमा धुवा बाल्ने, मट्टीलेत छर्कने उपाय समेत अवलम्बन गर्न थालेका छन ।etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uYyHg6
via IFTTT

0 comments:

Post a Comment

add

 
Top