Photo of Milford Sound in New Zealand

काठमाडौं । पूर्व श्री ५ मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको जानकारी प्राप्त भएको छ । यहि भदौ ४ गते ९० वर्षमा प्रवेश गर्ने लागेकी उनी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छन् । राजसंस्था र राजदरबार नरहे पनि नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा रहँदै आएकी उनी आफ्ना छोरा पूर्वमहाराजाधिराज श्री ५ ज्ञानेन्द्र नर्भिक अस्पतालमा भर्ना हुँदा पनि हेर्न जान सकिनन् ।

छोरा ज्ञानेन्द्र भर्ना भएदेखि नै स्वास्थ्य अवस्था के छ, कसो छ भनेर उनले पटक पटक सोधेकी थिइन् । प्राप्त जानकारीअुनशार सुरुमा त उहाँलाई पर्न सक्ने मनोवैज्ञानिक आघातलाई ध्यानमा राखेर राजा अस्पतालमा भएको कुरा भनिएको थिएन । आफन्तहरुबाटै छोरा अस्पतामा भर्ना भएको थाहा पाएपछि उनी छटपटिएकी थिइन् ।

गत असार २३ गते राजा ज्ञानेन्द्रले आफ्नो जन्म दिनमा आमाको आशिर्वाद लिन आफै महेन्द्र मञ्जिल पुगेका थिए । यसअघि जन्मा दिनमा मुमा बडामहारानी आफै छोरालाई टीका र आशीर्वादका लागि निर्मल निवास जाने गरेकी थिइन ।
घटना र विचार साप्ताहिकबाट

The post पूर्व मुमा बडामहारानी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगिन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wOnTQF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top