Photo of Milford Sound in New Zealand

साउन २३ – ‘युएईबाट अहिले कामदारका लागि भनेर भिसा नेपाल आउँदैन, सबैजना भिजिट भिसामा नै जाने हो, उता पुगेको २/४ दिनमा कामदारको भिसा लाग्छ,’ काठमाडाैंकाे ठमेलमा रहेको अर्थलाइन ट्राभल्सकी सञ्चालिका जानकी अधिकारीले बाँकेका लोकबहादुर डाँगीलाई विश्वास दिलाइन् ।

त्यति भएपछि लोकबहादुरले पासपोर्ट र दुईवटा फोटो दिनुभयो । जानकीले भिजिट भिसामा युएई पुग्दासम्म तीन लाख २५ हजार रुपैयाँ लाग्ने बताइन् । लोकबहादुरले ब्याजमा ऋण खोजेर जानकीलाई बुझाउनुभयो । पैसा बुझाएको १३ दिनमा लोकबहादुर युएई आइपुग्नु भयो ।
उहाँलाई लिन युएई बसेर एजेन्टको काम गर्ने साजन पाण्डे सारजहाँ विमानस्थलमा पुगेका थिए । साजनको बारेमा जानकीले नै लोकबहादुरलाई बताएकी थिइन् । उहाँले साथमा लिएर आएको एक हजार डलर साजनले लिए ।
त्यसपछि लोकबहादुरलाई सारजहाँबाट झण्डै दुई सय किलोमिटर टाढा आबुधाबीको मुसाफा क्याम्पमा लगेर राखियो । क्याम्पमा लोकबहादुर सँगै भिजिट भिसामा आएका २१ जना पनि थिए ।

छोरा र ऋणको चिन्ताले आमा बिरामी
लोकबहादुर युएई आएको ६ महिना भयो । उहाँले अहिलेसम्म काम पाउनु भएको छैन । त्यसो भएपछि ऋण तिर्ने र परिवारका लागि दुईचार पैसा जोहो गर्ने सपना बोकेर युएई आइपुगेका लोकबहादुरको सपना यतिबेला मुसाफाकै बालुवामा बिलाएको छ ।
गाउँमा खोजेको ऋण समयमै तिर्न नसक्दा साहुको कचकच त थियो नै । ६ महिनासम्म पनि छोराले पैसा नपठाउँदा ७३ वर्षीय आमा झुपी डाँगीलाई चिन्ता थपियो । यता लोकबहादुरले आफ्नो समस्याका बारेमा घरमा बताउन सक्नुभएको थिएन । वास्तविकता नबताई सुख पनि त थिएन । उहाँले ३ महिना पछि आमालाई आफ्नो बारेमा बताउनुभयो ।
यता छोराको चिन्ता, उता साहुको कचकच । झुपी बिरामी पर्नुभयो । झुपीले माइतीबाट पैसा ल्याएर ऋण तिर्ने बताउनु भएको थियो । तर छोरा र ऋणको पिरैपिरमा गएको शुक्रबार राती उहाँको निधन भयो ।

लोकबहादुर आमाको निधन पछि काजकिरियाका लागि पनि नेपाल फर्कन पाउनु भएन । ‘भिसा सकिएर ‘ओभर स्टे’ बसेको ९० दिन भैसक्यो, घर जान तीन लाख रुपैयाँ तिर्नुपर्छ, कसरी नेपाल फर्कनु,’ उहाँले भन्नुभयो । खुसी साथ बिदाइको हात हल्लाउदै परदेशिएका लोकबहादुरले मर्ने बेलामा आमालाई पानी पनि खुवाउन पाउनु भएन ।
अरु तीन जना अलपत्र
लोकबहादुर जस्तै भिजिट भिसामा आएका अन्य तीन जनाले पनि काम पाएका छैनन् । उनीहरु आवुधाबीमा अलपत्र अवस्थामा छन् । एजेन्टले युएईबाट नेपाल कहिले फर्काउँछ उनीहरुलाई थाहा छैन् । अवैधानिक भएकाले अब नेपाल फर्कन उनीहरुले जेल बस्नुपर्छ । त्यो पनि उनीहरुलाई जानकारी छैन ।
पीडितहरु समस्या लिएर दूतावास पनि पुगे । तर समस्याको सुनुवाई नहुँदा झनै गाह्रो भएको लोकबहादुरले बताउनुभयो । चारैजना दिनहुँ आवुधाबीमा रहेको नेपाली दूतावासमा पुग्ने गर्छन् । दूतावासले सिफारिस पत्र नदिएको र आइतबार कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन दूतावासमा नभेटिएकाले आफूहरु त्यसै फर्किएको उहाँले बताउनुभयो ।

source :-उमाकान्त पाण्डे/उज्यालो ।

The post आमाको मृत्युमा घर फर्कन पाएनन् भिजिट भिसामा युएई गएर अलपत्र परेका यी युवा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vNuhL1
via IFTTT

0 comments:

Post a Comment

add

 
Top