जापान । अध्ययनका लागि दुई वर्षअघि जापान आएका गोरखाको गण्डकी गाउँपालिका–७ चुलिङका २६ वर्षीय डम्मरबहादुर गुरुङको मंगलबार कोवे सहरमा मृत्यु भएको छ।
सोमबार अबेरसम्म काम गरी डेरामा फर्केका गुरुङ खाना खाई सुतेका थिए। मंगलबार बिहान चर्को स्वरमा चिच्याएलगत्तै बोलाउँदा नबोलेपछि उपचारार्थ कोवेको स्थानीय च्युवो नागरिक अस्पतालमा लगिएको थियो।
शरीरमा रगत र पानीको मात्रा कम भएर एक्कासि श्वासप्रस्वासमा समस्या भई मृत्यु भएको हुनसक्ने अस्पतालले जनाएको छ। गुरुङको शव परीक्षण प्रतिवेदन आइसकेपछि नेपाली राजदूतावासलाई खबर गर्ने भन्दै कला प्राविधिक विद्यालयले गुरुङको जापानमा आफन्त नभएपनि परिवारलाई सहकर्मीमार्फत खबर गरिसकेको जनाएको छ।
यता टोकियोस्थित नेपाली राजदूतावासले भने घटनाबारे जानकारी नआएको बताएको छ।
गतसाता पनि नवलपरासीका ३१ वर्षीय हृदयेश जिसीको जापानको गुम्माको ओइजिमु सहरमा सडक दुर्घटनामा परी निधन भएको थियो। रासस
The post बिहानै जापान बाट आयो दुखको खबर: खाना खाई सुतेका डम्मरबहादुर सुतेको सुतै भए.. appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2uEJf0A
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.