Photo of Milford Sound in New Zealand

हिन्दुशास्त्रमा मात्र होइन चिनियाँ संस्कृतिमा पनि वास्तुशास्त्रमा विश्वास गर्ने गरिएको छ । हिन्दु धर्म शास्त्र अनुसार केही बस्तु वा चिज घरमा राख्दा फाइदा पुग्छ भने कुनै चिज घरमा राख्दा घाटा पुग्छ । चिनियाँ संस्कृति अनुसार यस्ता वस्तु घरमा भएको खण्डमा तपाइको भाग्योदय हुने छ ।

चिनियाँ वास्तुशास्त्र फेंगशुई घरमा सुख–शान्ति कायम राख्ने उपायका लागि प्रसिद्ध छ । चीनमा फेंगशूईप्रति मानिसहरु धेरै विश्वास पनि गर्छन् ।

घरमा शुख–शान्ति कायम राख्न फेंगशूईमा कयौं उपाय बताइएको छ । यी उपाय अपनायो भने तपाईको घरमा भएको नकरात्मक शक्तिको ठाउँमा सकारात्मक उर्जा आउँछ । फेंगशुईमा ६ चीजबारे विस्तृत रुपमा उल्लेख गरिएको छ । यी ६ चीजमध्ये एउटा पनि घरमा राख्दा तपाईले लाभ हासिल गर्न सक्नुहुन्छ ।

यी ६ चीज यस्ता छन्ः

लाफिङ बुद्ध

आर्थिक सफलताका लागि घरमा लाफिङ बुद्ध राख्न सकिन्छ । लाफिङ बुद्धलाई घरको मुख्यद्वारको छड्केतिर राख्नुपर्छ । चिनियाँ वास्तुशास्त्र फेंगसुईअनुसार बुद्ध समृद्धिका देवता हुन् । यीनको मुस्कानबाटै घरको सुख–समृद्धि कायम हुन्छ । सावधान हुनुपर्ने कुरा के छ भने लाफिङ बुद्धको मूर्ति मुख्यद्वारको सम्मुख राख्नु हुँदैन र धेरै उचाइमा पनि राख्नु हुँदैन ।

तीनखुट्टे भ्यागुतो

फेंगसुईमा तीनखुट्टे भ्यागुतोलाई अत्यन्त भाग्यशाली मानिन्छ । मुखमा सिक्का च्यापेको तीनखुट्टे भ्यागुताको मूर्ति राख्दा घरको वातावरण सुखद् हुन्छ । यसलाई घरभित्र मुख्यद्वारको छेउछाउ राख्नुपर्छ । यसलाई भान्सा वा वाथरुमभित्र वा छेउछाउ राख्नु हुँदैन । यसो गरिए दुर्भाग्य बढ्छ ।

तीन सिक्का

घरको मुख्यद्वारमा रातो रिबनमा बाँधिएको फेंगसुईका तीन वटा सिक्का झुन्ड्याउनुपर्छ । यसबाट धन–ऐश्वर्य एवं सम्मृद्धि बढ्छ । ध्यान राख्नुपर्ने कुरा के छ भने केवल तीन सिक्का मूल ढोकाको भित्री भागमा झुन्ड्याउनुपर्छ । बाहिरी भागमा लगाइयो भने लक्ष्मी ढोकैमा अडिन्छिन् ।

कछुवा

फेंगसुईमा कछुवालाई अत्यन्त शुभ मानिन्छ । यसलाई घरमा राख्दा सफलताका साथै धन–सम्पत्ति एवं खुसियाली वृद्धि हुन्छ । कछुवालाई सदैव घर वा कार्यालयको उत्तर दिशामा राख्नुपर्छ । कछुवाको मुख घरको भित्रपट्टि फर्किएको हुनुपर्छ र एउटै मात्र कछुवा राख्नुपर्छ, जोडा राख्नुहुँदैन ।

गोल्डेन फिस

फेंगसुईका अनुसार घरमा गोल्डेन फिस राख्दा सौभाग्य, धन एवं मान–सम्मान वृद्धि हुन्छ । यसलाई ड्राइङ रुममा राख्नुपर्छ । गोल्डेन फिसलाई कहिल्यै बेडरुम, भान्सा वा बाथरुममा राख्नुहुँदैन ।

पवन घन्टी

हिजोआज धेरैले पवन घन्टी वा विन्ड चाइम्स राखेका हुन्छन् । फेंगसुईका अनुसार विन्ड चाइम्सबाट निस्कने सुमधुर आवाजले पूरै घरमा ची नामक सकारात्मक ऊर्जा वृद्धि पर्वाह गर्छ । यो ऊर्जाका कारण घरको सुख–समृद्धि बढ्छ । पवन घन्टीलाई घरको त्यस्तो स्थानमा राख्नुपर्छ जहाँ सदैव हावाको झोक्का आइरहोस् र पवन घन्टीको मधुर स्वर गुन्जिरहोस् । lokaantar

The post यी मध्ये कुनै एक चिज तपाईको घरमा छ ? छ भने भाग्य चम्किन्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w5tHYI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top