Photo of Milford Sound in New Zealand

सुनसरी, साउन २८ । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै सुनसरीको इटहरीस्थित बूढीखोलामा आएको बाढीले बगाएर सातजनाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–४ गैरीगाउँको बस्तीमा एक महिला र तीन बालबालिकाको शव खोलाबाहिर निकालिएको छ भने बूढीपुलको दक्षिण इटहरी–९ को सुकुम्वासी बस्तीबाट पनि तीनओटा शव बाहिर निकालिएको छ ।

बाढीले बगाएर अरु केही बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् । त्यस आसपासका क्षेत्रमा पनि अरु पनि शव फेलापर्ने स्थिति रहेको र धेरै मानिसको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ ।

बूढीखोलामा आएको बाढीले एउटा झोलुंगेपुल तथा गैरीगाउँको ३० र दक्षिणमा रहेको मुसहर बस्तीका पनि एक दर्जन बढी घर बगाएको छ ।

बस्ती पूरै जोखिममा रहेकाले त्यहाँ उच्च सुरक्षा सतर्कताका साथ सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

बूढीखोलाको सतहदेखि कम्तीमा १० मिटरमाथिसम्म बाढी आएको खोला आसपासका भौतिक संरचनालगायतमा करोडौंको नोक्सानी भएको छ ।

बस्ती कटानको उच्चजोखिम बढेकाले त्यहाँका सबै मानिसलाई उद्धार गरी श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा बस्ने र खाने व्यवस्था मिलाइएको छ । इटहरीको वडा नम्बर–४, ५, ६, ९ जलमग्न बनेका छन् ।

नेपाली सेनाको पूर्वी पृतनानजिक रहेको खेतीखोलामा आएको बाढीले धरान–इटहरी सडकखन्डको कल्भर्टमा नोक्सानी पुर्‍याएकाले धरान–इटहरी सडकखन्डमा सवारी सन्चालनमा रोक लगाइएको छ ।

बाढीले पुरै मानवबस्ती जलमग्न बनेकाले शुक्रबार रातिदेखि नै बिजुली अवरुद्ध बन्नपुगेको छ । सन्चार सेवासमेत अवरुद्ध बनेकाले सूचना संकलनमासमेत कठिनाइ भएको छ ।

भिडियो हेर्नुहोस्


source:imagekhabar

The post इटहरीस्थित बूढीखोलामा बाढी, ७ जनाको मृत्यु, बस्ती पूरै जोखिममा (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uQk6QK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top