साउन १९, दाङ ।
आफ्नो नाम सन्दीप श्रेष्ठ वताउने एक किशोर परिवार खोज्दै आफ्नो गृह जिल्ला दाङ आईपुगेका छन ।
करीव १० बर्ष अघि दाङको धानखोलामा लागेको मेला हेर्न आफ्नै आमा वुवा सँग पुगेका उनी त्यतीबेला आफ्नै आमा बाबु सँग छुटेका थिए । उनलाई हाल आफ्नो परिवारको बारेमा कुनै जानकारी समेत छैन आमा बाबु सँग छुटेर उनि काठमाण्डौ पुगेको बताउछन त्यही काम गर्दा काम गर्ने ठाउँमा सन्दीप श्रेष्ठ भन्थे, तर आफुलाई आफ्नो खास नाम र थर समेत केहो उनलाई केही थाहानै छैन उनलाई यो समेत थाहा छैन कि आफ्नो घर दाङ त हो तर कुन गाँउ र कुन ठाउ हो बुवाआमा कहाँ हुनुहुन्छ उनलाई केही थाहा छैन, काठमाण्डौंबाट बुधबार तुलसीपुर आएका किशोरले बताएका छन ।
परिवारबाट छुटेको करीब ५ बर्ष सम्म काठमाण्डौंमा शरोज डिसीको घरमा बसेर काम गर्दै पढेको बताउने सन्दीपले साहुनीको कुटाइ सहन नसकेर त्यहाँबाट निस्केको समेत बताएका छन । काम गर्ने घरको अंकलले राम्रै गर्नुहुन्थ्यो, तर अन्टीले कुटेको सहन सकेन अनी साइकल लिएर भागेको हुँ, उनले भने । त्यसपछी आफु काठमाण्डौंबाट भागेर सिन्धुपाल्चोक पुगेको र त्यहाँ महेन्द्र श्रेष्ठ भन्ने दाइले काममा लगाइ दिएको समेत उनले बताए ।
त्यहा हुँदा आफूले पर्यटकलाई गाइड गर्ने काम गरेको बताउने सन्दीपले वुवा आमा र परिवारको सम्झनाले सताउन थालेपछि आफु घर खोज्दै दाङ आएको बताएका छन ।
सिन्धुपाल्चोकका एक स्थानिय शुरेस लामाले अखिलका अध्यक्ष नवीना लामालाई सम्पर्क गरेको र उनीले अखिल दाङका अध्यक्ष विरवल खड्कालाई सम्पर्क गरेपछि सन्दीप दाङ आइपुगेका हुन् । अहिले उनि अखिल दाङका अध्यक्ष विरवल खड्का सँग रहेका छन । खड्काले हाल सन्दीप आफूसँग बसेको र परिवार खोजिदिन सबैलाई आग्रह समेत गरेका छन ।
लामो समयपछी आफ्नो गृह जिल्ला फर्केका सन्दीपले आफ्नो घर धानखोला नजिक जस्तो लाग्ने गरेपनी कुन कुन ठाउँ हो, वुवा आमाले के गर्नुहुन्छ भन्ने केही जानकारी नभएको बताएका छन । परिवारमा बुवा आमा बाहेका कोको छन आफुलाई केही जानकारी छैन उनले बताए । आफु १८ बर्षको जती भएपनि हालसम्म जन्मदर्ता समेत नभएको र नागरीकता समेत बनाउन नपाएको बताएका छन ।
पत्रकारहरु संग अनले भने खोई मलाई बुवाआमाले चिन्नुहुन्छ कि नाई सायद धान खोलाको मेलामा हराएको भने पछि चिन्नुहुन्छ होला यै भनेर बुवा आमालाई भनिदिन उनले भनेका छन ।
उनलाई काठमाण्डौमा घरमा राख्ने सरोज डिसी भन्ने व्यक्ती सँग सम्पर्क गर्ने कार्य भैरहेको र सम्पर्क भय उनका परीवारको पहिचान हुन सजिलो हुने अखिल दाङका अध्यक्ष विरवल खड्काले बताएका छन । तुलसीपुर अनलाइन बाट साभार
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2upeVH7
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.