Photo of Milford Sound in New Zealand

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलको टप पाँच छनोट भएको छ। शुक्रबार प्रसारण भएको शोबाट सुरज थापा बाहिरिएका छन्। नेपाल आइडलको दावेदार मानिएका नेपालगंजका सुरजको नेपाल आइडलको यात्रा समाप्त भएको हो । उनको जन्म दैलेख जिल्लामा भएको थियो। नेपाली सांगीतिक क्षेत्रमा अनवरत लागेका सुरज नेपाल आइडल बाट चर्चित बनेका छन् ।

नेपाल आइडलमा कडा संघर्ष गर्दै टप छ सम्म आइपुगेका उनको वास्तविक जीवन पनि कडा परिश्रममा बितेको छ । उनका बाबु इण्डियन आर्मी हुन् । सुरजलाई पनि आर्मी बनेको हेर्न चाहने उनका बाबुको सपना थियो । तर, सानै उमेरदेखि गीत संगीतलाई माया गर्दै आएका सुरजले आर्मी बन्ने सपना कहिले पनि देखेनन् । बरु उनको नसा नसामा गीत संगीतको रगत बगिरहेको थियो । एसएलसी सकेर सुरज नेपालगञ्जबाट काठमाडौं आए ।

काठमाडौंमा सुरजको चिनेजानेको कोही थिएन । सानैदेखि अन्तरमुखी स्वभावका सुरज सोझा थिए । सुरजका बाबुको सामान्य कमाइले घरखर्च चल्न धौ धौ थियो । अहिले पनि सुरजको नेपालगञ्जमा रहेको टायलले छाएको र खडाइले बारेको घरमा बर्खामा सजिलै पानी छिर्छ । घरबाट कुनै आर्थिक सहायताको सम्भावना थिएन । परिवारबाट उनलाई लगातार विवाहको दबाब आइरहेको थियो ।

घरका जेठा छोरा भएकाले पनि उनीमाथि विवाहको दबाब परेको थियो । घर व्यवहारमा ध्यान दिनका लागि पारिवारिक दबाब त छँदै थियो । यिनै दबाबबीच रहे उनी । त्यसपछि बहराइनको नेपाली रेष्टुरेन्टमा गीत गाउनकै लागि त्यहाँ पुगे ।

बहराइन पुगेका सुरजको भविष्यले नयाँ मोड लिँदै थियो । दुई वर्षमा केही पैसा जुटाइसकेका सुरज म्युजिक एल्बम तयार गर्नका लागि नेपाल आए । ६ महिनामा फर्किने वाचा गरेर नेपाल आएका सुरज त्यसैबीच नेपाल आइडलमा भाग लिन पुगे । नेपाल आइडलमा छनौट भइसकेपछि बहराइनका रेष्टुरेन्ट मालिकले सुरजको पारिश्रमिक डेढ लाख बनाइदिने भन्दै बहराइन फर्काउन खोजे । तर, जागिरलाई त्यतै माया मारेर सुरज नेपाल आइडलमा अहिलेसम्म पनि सघर्षरत नै थीए । वास्तविक जीवनमा पनि दुःखमा डुबेका सुरज सेन्टिमेन्टल गीतहरुमा आफूलाई पूर्ण रुपमा ढाल्न माहिर छन् ।

अब नेपाल आइडलको शिर्ष पाँचमा सुजाता पाण्डे, प्रताप दास, बुद्ध लामा, निशान भट्टराई र सागर आले रहेका छन्। यी प्रतिस्पर्धी बीच उपाधिको लडाई हुनेछ। प्रतियोगिताको फाइनल कतारमा आयोजना गर्ने तयारी भएको छ।

The post यस्तो छ सबैलाई रुवाउने सुरज थापाको भित्री रहष्यहरु (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wiBlzb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top