Photo of Milford Sound in New Zealand

साउन १३ गते देखि प्रदर्शनमा आएको सिनेमा ‘प्रेम गीत २’ ले तीन करोड भन्दा माथिको कारोबार गरिसकेको छ । सिनेमालाई दर्शकले अत्यधिक रुचाएका छन् । रिलिज भएको दिनमै एक करोड भन्दा माथिको कारोबार गरेको सिनेमा हेर्नको लागि अहिले पनि हलमा भिड छ । सिनेमाको कथा वस्तु, सिनेमामा देखाईएका सुन्दर दृश्यहरु र कलाकारहरुको कामलाई समिक्षक र दर्शकले तारिफ गरिरहेका छन् । सिनेमा आफैमा राम्रो त छ नै तर सिनेमामा भएको क्लाईमेक्स सिन ‘मोय थाई फाईट’ सिन ले पनि दर्शकलाई हलसम्म तानेको धेरैको ठम्याई छ ।

नेपाली सिनेमाको ईतिहासमै पहिलो पटक गरिएको मोय थाई किकलाई दर्शकले रुचाएका छन् । तर यो सिन पर्दामा हेर्दा जति सजिलो र आनन्द आउँछ यसलाई तयार पार्न निर्माता तथा निर्देशकले त्यति नै कडा मेहनत र दुःख गर्नुपरेको थियो । पर्दामा सिनलाई वास्तविक देखाउनको लागि सन्तोष सेन र प्रदीप खड्काले एकअर्कालाई साँच्चिकै हान्नु परेको थियो जसले गर्दा दुवै जना चोट्याहा हुन पुगेका थिए ।
केही समय अगाडि दुर्घटनामा परेका निर्माता तथा कलाकार सन्तोष सेनको दाहिने हातमा स्टिल हालिएको थियो । हातलाई धेरै हल्लाउन नहुँदा पनि उनले सिनमा चाहिने जति हात हल्लाएका छन् ।

अभिनेता प्रदीप खड्का पनि क्लाईमेक्स सिन छायाकंन गर्दा चोट्याहा भए । सन्तोष सेनसँगको फाईटका क्रममा उनको दाहिने खुट्टामा चोट लागेको थियो । सिनेमा राम्रो बनाउन, सिनलाई वास्तविक देखाउन गरिएको फाईटका कारण प्रदीप खड्कालाई बिहान उठ्न समेत गाह्रो पर्थ्यो । सिनेमाको क्लाईमेक्सका रुपमा गरिएको यो फाईट सिन निकै कठिनपूर्ण तरिकाले निर्माण गरिएको थियो । टेलिभिजनको पर्दामा वास्तविक देखाउनकै लागि सन्तोष सेन र प्रदीप खड्का सिथिल हुने गरी नै एकअर्कासँग लडेका थिए ।
सन्तोष सेनको निर्माणमा बनेको यस सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । सिनेमामा प्रदीप खड्का र अश्लेषा ठकुरी शीर्ष भूमिकामा छन् । त्यस्तै निर्माता सन्तोष सेन सिनेमामा भिलेनको भूमिकामा देखिएका छन् जसलाई दर्शकले अत्यधिक रुचाएका छन् । source:gufgaf

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uiCW2M
via IFTTT

0 comments:

Post a Comment

add

 
Top