Photo of Milford Sound in New Zealand

काठमाडौं । दुई दिनदेखिको लगातारको बर्षाले पूर्वी र मध्य क्षेत्रका ववइ र पश्चिम सेती नदीको आठ स्थानमा उच्चखतराको साइरन बजेको छ ।

२४ घण्टामा पश्मिच राप्तीमा ४२७, नारायणीको मादि क्षेत्रमा २०५ र गोविन्दवस्तीमा १६७ मिलिमिटर पानी परेको वाढी पूर्वानुमान महाशाखाको तथ्याङक छ । यस्तै ववइ नदी अन्तरगत पर्ने चेपाङ स्टेशनमा १७२, तुल्सीपुरमा १७३, घोराहीमा १५८, पदमपुरमा १६४, अम्वपुरमा २८३ पानी परेपछि साइरन बजेको जल तथा मौषमविज्ञान विभागले जनाएको छ ।

यता ववइ नदिकै भादापुलमा पानीको सतह आठ मिटर नघेर उच्चजोखिम बढेको छ । यहाँ प्रतिसेकेन्ड १०२८ मीटरक्यूव पानी बगेकाले वाढीको खतरा बढेको हो ।

राष्ट्रिय आपतकालिन सतर्कता केन्द्रले आफ्नो आधिकारीक ट्वीटरबाट ट्विट गरेर पूर्व देखि मध्य तराई—चुरे क्षेत्रमा पुन ठूलो पानी पर्ने बताएको छ । साथै देशका अन्य भुभागमा पनि बदली हुने भएकोले सच् सतर्कता अपनाउन पनि आग्रह गरेको छ । tvannapurna

The post लगातारको वर्षाले जोखिम बढ्यो, ८ ठाँउमा खतराको साईरन बज्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vvLgOW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top