Photo of Milford Sound in New Zealand

लेवनान, भदौ १ – ‘इश्लामिक स्टेट जिहादी’ समूहलाई लक्षितगरी सिरियाली शहर राक्वामा गरिएको अमेरिकी नेतृत्वको हवाई आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु भएको छ ।

विगत तीनदिनमा अमेरिकी नेतृत्वको हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बिहीबार (आज) जनाएको छ ।

‘सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएअनुसार आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु भएको छ । बिहीबार (आज) पनि केही मृतशरीर हवाई आक्रमणबाट भत्केका भवनका भग्नाबशेषबाट निकालिएको जनाउँदै सोमबारपछि भएका आक्रमणमा जम्मा ५९ जनाको मृत्यु भएको जनाइएको हो ।

संयुक्त राष्ट्रसंघका अनुसार जिहादी समूहको तत्कालिन सिरियाली राजधानी भनेर चिनिने राक्वामा २५ हजार सिरियाली सर्वसाधारण विद्रोहीको नियन्त्रण क्षेत्रभित्र रहेका जनाइएको छ । रासस/एएफपी

The post अमेरिकी हवाई आक्रमणमा २१ बालबालिकासहित ५९ जनाको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wTzkGM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top