Photo of Milford Sound in New Zealand

पुलिसकी श्रीमतीलाई रातीराती फोन गर्ने युवकलाई दिनदहाडै बीच बजारमा लखेटी लखेटी मारिएको छ । मृतक ती युवकले कोचिङ पढाउने गरेको बताइएको छ । मृतक सन्दिप भादराले सोमबार बिहान मात्रै आफूलाई हत्या गर्ने धम्की दिइएको भन्दै प्रहरीमा सुरक्षाको लागि निवेदन दिएका थिए । त्यसको २ घण्टापछि नै उनको हत्या भएको हो ।

हत्या पुलिसकर्मी सुभाष र उनका तीन साथीले गरेको अनुमान गरिएको छ । भारतको हरियाणाको सिरसाका सन्दिपले प्रहरीमा दिएको उजुरीमा एक मोवाइल नम्बरबाट धम्की आएको भन्दै नम्बर दिएका थिए । त्यो नम्बर सुभाषकै भएको पत्ता लागेको छ । सन्दिपको स्कुलमा दिउँसो १२ बजे उनीसँगै रहेका उनका मामा र साथीले तीनजना आएको बताएका छन् । उनीहरुले तीनजनामध्ये एकले ‘तैले मेरो घर उजाडिदिइस्’ भन्दै गोली हानेको बयान दिएका छन् ।

सुभाषले आफ्नी पत्नीसँग सन्दिपको फोनमा कुरा हुने गरेको बताएका छन् । त्यही फोनका आधारमा दुईबीच नाजायज सम्बन्ध भएको आशंकामा सुभाषले सन्दिपको हत्या गरेको अनुमान गरिएको छ । सुभाष र उनका दुई साथी फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । हेर्नुहोस भिडियो


डिसी नेपाल

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hGbTNS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top