Photo of Milford Sound in New Zealand

चीनमा एउटा यस्तो गाउँ छ जहाँका सबै मानिस हेलिकप्टरमा यात्रा गर्छन । गाउँमै भएको होटलको सुइटमा सुतेको प्रतिरातको ११ देखी १३ हजार अमेरिकी डलरसम्म तिर्छन् ।

आर्थिक हिसाबले विश्वकै शक्तिशाली मुलुक बन्ने क्रममा रहेको देश चीनको हुवाक्सी गाउँले सबैको ध्यान आकर्षित गरेको छ ।

भर्खरै मात्र आफ्नो ५५ औं वार्षिकोत्सव मनाएको हुवाक्सी गाउँ चीनको सम्पन्नता यात्राको नमुना पनि हो । गाउँको आफ्नै ७२ तल्ले गगनचुम्बी भवन छ ।

गाउँलेहरु ट्याक्सीको रुपमा हेलिकप्टर प्रयोग गर्छन । थिम पार्कहरु र लस्करै मिलेका अत्याधुनिक बङ्गलाले गाउँको सुन्दरतामा निखार ल्याएको छ । यति मात्रै होइन, हुवाक्सी गाउँका प्रत्येक मानिसको बैंक खातामा एक लाख डलरभन्दा बढी रकम हुन्छ ।

नेपालको कतिपय गाउँको अवस्था हेर्दा हुवाक्सी कल्पनाको गाउँ मात्र हुन सक्छ । तर, यो वास्तविकता हो । हुवाक्सी गाउँको बारेमा सुनेपछि जो कोही पनि अचम्ममा पर्छन् ।

यहाँका प्रत्येक परिवारलाई एक अत्याधुनिक बङ्गला र एक कार दिइएको छ तर एकचोटी गाँऊ छोडेर जान साथ ती सुविधा कटौति हुनेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टीले गरेको शासनको कुशल नेतृत्वको उदाहरण दिन चीनको सरकारी मिडियाले यस गाउँलाई उदाहरणको रुपमा देखाउने गरेका छन् ।

यो धनी गाउँ जियाङ्सु प्रान्तको जियाङ्यिन शहर अन्तर्गत प्रशासित रहेको छ जुन सुन्दर भौगोलिक स्थानहरु र प्रचुर कृषि स्रोतहरुले भरिपूर्ण रहेको मानिन्छ ।

यो गाउ चप्नको आर्थिक शहर मानिने सांघाई शहरबाट करीब २ घन्टाको दुरीमा मात्रै रहेको छ ।

हुवाक्सी गाउँको प्रवेशद्वारमै ‘आकाश मुनिको एक नम्बर गाउँ’ लेखिएको साइनबोर्ड झुन्ड्याइएको छ । सन् २००३ मा हुवाक्सीको वार्षिक आय १०० अरब युआन रहेको तथ्य प्रकाशमा आएपछि यो गाउँ चर्चामा आएको हो ।

त्यसको एक वर्षपछि हुवाक्सीले आफ्ना नागरिकको वार्षिक तलब १ लाख २२ हजार ६ सय युयान रहेको तथ्य सार्वजनिक गरे पछि भने गाउँले् झनै चर्चा पायो ।

आफ्नो आर्थिक सम्पन्नतालाई देखाउन यसले ३ अर्ब चिनिया युयान खर्च गरेर सन् २०११ मा ७२ तल्ले गगनचुम्बी भवन तयार गरेको हो । यस भवनलाइ हुवाक्सीको झुन्डिएको गाँऊ भनेर चिनिन्छ ।

३ सय २८ मिटर अग्लो यो भवन फ्रान्सको आइफेल टावरभन्दा चार मिटर अग्लो र अमेरिकाको च्राइस्लेर भवनभन्दा नौ मिटर अग्लो रहेको छ ।

टावरभित्र ८ सय २६ कोठा रहेको सुपर फाइभ स्टार होटल रहेको छ । जहाँ १६ प्रेसिडेन्सियल सुइट र १ गोल्ड सुइट रहेको छ । त्यहा एक रात बिताएको एक लाख युयान (११ हजार ६०० अमेरिकी डलर) तिर्नुपर्दछ । सिसिटिभीले तयार पारेको उक्त गाउँको भिडियो हेर्नुहोस:

गाउँको आफ्नै लक्जरी ट्रान्सपोर्ट कम्पनी छ जसले आफ्ना नागरिकलाई आवतजावतको लागि बस वा कार होइन हेलिकोप्टरको सुविधा प्रदान गर्दछ ।

चीनको आर्थिक र वित्तिय प्रकाशन गृहले सन् २०१४ मा प्रकाशन गरेको पुस्तक ‘इकोनोमिक स्ट्राटेजीज एण्ड प्राक्टिस अफ मोर्डन चाइना’ मा यस गाउँको बारेमा अनौठा तथ्यहरु प्रकाशित गरेको थियो । पुस्तक अनुसार हुवाक्सीले कडा केन्द्रिकृत आर्थिक प्रणाली अपनाएको छ ।

केही पश्चिमा मिडियाहरुले भने यस गाउँलाई चीनको कम्युनिष्ट पार्टीको राजनैतिक प्रोपोगान्डाको रुपमा लिने गरेका छन् ।

The post विश्वकै सबैभन्दा धनी चीनको त्यो गाउँ जहाँका सबै मानिस हेलिकप्टर चढ्छन (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v5fVk6
via IFTTT

0 comments:

Post a Comment

add

 
Top