Photo of Milford Sound in New Zealand

अभिनेता सुमन सिंहको आज जन्मदिन परेको छ । एकताका सिने नगरीमा सफल र व्यस्त सुमन अहिले अमेरिकामा छन् । नेपाली सिने नगरीमा एक्शन नायकको परिचय बनाएका सुमनले बाल्यकालमा अभिनयमा आउने सोच राखेका थिएनन् तर मोडलिङमा लागेपछि उनी टेलिसिरियल हुँदै अभिनयमा आईपुगे । बाल्यकालमा आर्मी बन्ने रहर बोकेमा सुमनलाई स्टाईलिस्ट बन्ने रहरले सिनेमासम्म तानेको थियो ।
स्टाईलिस्ट हुने रहरले मोडलिङ प्रवेश गरेका उनको सन्् २००२ मा टेलिसिरियल ‘मुक्ति’बाट अभिनय यात्रा सुरु भएको हो । त्यसपछि टेलिसिरियल क्याटमाण्डुले उनलाई सिनेमासम्म आईपुग्न मद्दत गरेको छ । टेलिसिरियलमा काम गरेपछि उनी सिनेमा दुखबाट सिनेमामा आए ।

मुख्य अभिनेताको रुपमा भने उनी सिनेमा ‘दुई किनारा’मा काम गरेका हुन् । यस सिनेमालाई निर्देशक तुलसी घिमिरेले निर्देशन गरेका थिए । सुमनले आफ्नो सिने यात्रामा ५० भन्दा धेरै सिनेमामा काम गरेका छन् । तर आधा दशक देखि सुमन नेपाली सिने नगरीमा सक्रिय छैनन् ।

उनले काम गरेका सिनेमामध्ये तिम्रो लागि, भैहाल्छ नी, मनले मनलाई छुन्छ, पहिलो माया हो मेरो, सम्झिराख है, तोड, सौभाग्य, विराशत, व्याच नम्बर १६, जीवन मृत्यु, रणसंग्राम, नाई नभन्नु ल, यो कथा हो तिम्रो मेरो लगायत सम्झन योग्य छन् । नेपाली सिनेमामा भनेजस्तो सफलता र काम नपाएपछि उनी अमेरिका उडेका थिए । source:gufgaf

The post आर्मी बन्ने रहर तर बन्न पुगे अभिनेता– सुमन सिंह appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vE1l7n
via IFTTT
09 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top