Photo of Milford Sound in New Zealand

काठमाडौं । चार दर्जनभन्दा बढी फिल्ममा खलचरित्र गरिसकेका उमेश खड्काले पछिल्लो समय केही फिल्ममा सकारात्कम भूमिकासमेत निर्वाह गर्ने गरेका छन् ।

उनको अभिनय यात्राबारे नयाँ पत्रिकामा लक्ष्मण सुवेदीसँगको कुराकानीमा खड्काले भनेका छन,

मैले झन्डै एक दर्जन फिल्ममा रेप सिनमा अभिनय गरेको छु ।

खासमा मलाई बलात्कारको दृश्य गर्नैनपरे हुन्थ्यो भन्ने लाग्छ । तर के गर्नु कलाकार हुँ, त्यसमा पनि भिलेन, कथाको मागअनुसार काम त गर्नै पर्यो ।
गंगाजल फिल्ममा एउटा बलात्कारको सिन छ । फिल्मको सुटिङ मेरो गाउँ दधिकोट आसपास भएको थियो ।

सुटिङ हेर्न दुई सयभन्दा बढी छरछिमेकी, आफन्त झुम्मिएका थिए । मैले बालिका दीप्ति गिरीलाई रेप गर्नुपर्ने थियो । सट दिनेबित्तिकै म घरभित्र छिरिहाल्थेँ ।
त्यो सिन खिच्न धेरै समय लाग्यो । आफ्नै गाउँमा भएकोले होला, मलाई निकै अप्ठ्यारो महसुस भयो । बहुत कसरतका सथ त्यो सिन सकियो ।

सुटिङ सकिएको धेरै दिनसम्म पनि गाउँका महिलाले फलानोको छोरो, फलानो त बदमास रैछ , खत्तम रैछ, बालिकालाई त्यस्तो गर्दोरहेछ भनेर मेरो कुरा काट्न थाले । उनीहरुले त्यसलाई सँच्चै ठानेछन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vz21el
via IFTTT

0 comments:

Post a Comment

add

 
Top