Photo of Milford Sound in New Zealand

भनिन्छ प्रकृती रिसाएपछि कसैकाे केही लाग्दैन दैव पनि निरिह बन्छ । इटहरीकाे हकमा यस्तै भएकाे पाइएकाे छ । साउन २७ गते शुक्रबार सम्म रमाइरहेकाे इटहरी र समस्त नगरवासी साउन २८ गते एकाएक रूनुपर्याे । शुक्रबार रातीदेखी परेकाे अविरल बर्षाका कारण अाएकाे बाढीले धेरैलार्इ उठीबास लगायाे । कतीकाे अाफन्त खाेसेर लग्याे , खाना खाएर संगै सुतेका अामाका सन्तानहरू अाेछ्यानमै बिलाए , मिठा मिठा सपना सजाएर भाेलीकाे शुर्यकाे किरण पर्खेर बसेका नाबालक सन्तानहरू शुर्यकाे किरण देख्न नपाउदै त्यतीकै अस्ताए

मिठा मिठा गफ गर्दै श्रीमानकाे अंगालाेमा बेरीएर सुतेकी श्रीमती नउठने गरी निदाइन । साच्चै साउन २८ २०७४ इटहरीकालागि बिर्सनै नसकिने कहालीलाग्दाे दिन अाइपर्याे । हुन त बिर्सन नसकिने यस्ता दिनहरू इटहरीकालागि थुप्रै हाेलान कती रमाइला त कती नरमाइला यसै उजाडलाग्दाे दिनकाे रूपमा साउन २८ ले एक दिन फेरी थपिदियाे ।

शुक्रबार रातीदेखी परेकाे अविरल बर्षाका कारण मध्यरातमा अाएकाे बाढीले इटहरीलार्इ नमिठाे र दुखद क्षणमा डुबाएकाे छ । इटहरीकाे अधिकांस क्षेत्रहरू अहिलेपनि जलमग्न अवस्थामा रहेका छन । इटहरीकाे टेंग्रा खाेला र बुढी खाेलामा अाएकाे भिषण बाढीले सुनसरी र माेङमा करीब ५ हजार घरबार डुबानमा पारेकाे छ भने अहिले सम्म नाै जनाकाे बाढीले बगाएर मृत्यु भैसकेकाे जानकारी प्राप्त भएकाे छ ।

इटहरीमा मात्रै ५ जनाले ज्यान गुमाएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । सुनसरी र माेरङकाे सिमाना बुढीला किनार स्थित गैरीगाउमा दुर्इ परिावरबाट ४ जनाकाे बाढीमा परेर मृत्यु भएकाे बुझीएकाे छ । राई परिवारका दुई बालबालिका र साह परिवारका दुर्इ जना गरी चार जनाले ज्यान गुमाएकाे प्रहरीले जनाएकाे छ ।

बाढीले बुढी किनारमा रहेकाे झाेलुंगे पुल समेत बगाएकाे छ भने गैरीगाउ अासपासका एक दर्जन बढी घरहरू बगाएकाे छ । सुनसरी र माेरङमा मात्रै हजार बढी स्थानीयहरू घरबार बिहीन बनेकाे प्रारम्भिक अनुमान गरिएकाे छ । बाढीका कारण मानवीय क्षती के कती भयाे त्यस्काे यकिन बिवरण कुनै निकाय संग नरहेपनि शनिबार बिहानैबाट नेपाली शेना , सशस्त्र प्रहरी र नेपाल प्रहरिका जवानहरू लाइफ ज्याकेटका साथ उद्धारकालागि डुबान क्षेत्रमा तैनाथ भएका छन ।

शुक्रबारदेखी परेकाे अबिरल बर्षा शनिबार सम्मपनि जारी रहेकाे छ । बर्षासंगै अाएकाे बाढीबाट घरबार बिहीन बनिन पुगेका बाढी पिडितहरू यतिबेला स्थानीयकाे सरणमा रहेका छन ।
source:purbelinews

The post मध्यरातमा निम्तिएकाे संकट – न रहयाे बास न रहे अाफन्त ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uPkFdL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top