Photo of Milford Sound in New Zealand

काठमाडौं, १ भदौ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा युवा पुस्ताको आगमन बढ्दो छ । नयाँ नायक नायिकाको क्रेज दर्शकमा धेरै देखिएको छ । एउटै चलचित्रबाट स्थापित र लोकप्रियताको शिखरमा पुग्ने नयाँ कलाकारको संख्या बढ्दै गएको छ ।

यिनैमध्येका एक हुन् अनमोल केसी । अनमोलले खेलेका एकपछि अर्को चलचित्र हिट भएका छन् । अनमोलले खेलेका ‘होस्टल’, ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’ ब्याक टु ब्याक हिट भएका छन् । उन यतिखेर ‘कृ’ चलचित्रमा अनुबन्ध छन् । ‘कृ’ का लागि उनले २० लाख पारिश्रमिक लिएका थिए । जुन पारिश्रमिक नेपाली कलाकारले अहिलेसम्म लिएकोमध्ये धेरै हो । अब अनमोलको त्यो कीर्तिमान भंग हुने भएको छ । उनीभन्दा धेरै पारिश्रमिक लिनेमा नायक प्रदीप खड्का परेका छन् । प्रदीपले नयाँ चलचित्र ‘लिलीबिली’ का लागि २२ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् ।

प्रदीप खड्काअघि ‘लिलीबिली’ चलचित्र निर्माण पक्षले नायक अनमोल केसीसँग ३० लाख पारिश्रमिक र ३० प्रतिशत नाफाको रकम दिने सहमति गरेको थियो । तर, त्यो सहमति भएको तीन दिनपछि अनमोलका बाबु भुवन केसीले छोराको डिमान्ड धेरै भएको भन्दै निर्माण पक्षसँग नाफाको ४० प्रतिशत मागेपछि सहमति भाँडिएको थियो । अनमोल र भुवन अहिले अमेरिका पुगेका छन् । शनिबार हुने अवार्ड कार्यक्रममा भाग लिएर उनीहरू नेपाल फर्कने भएका छन् ।

अनमोल केसीले ३० लाख पारिश्रमिक र नाफाको ३० प्रतिशत रकम अस्वीकार गरेपछि ‘लिलीबिली’ चलचित्र युनिट निकै तनावमा परेको थियो । स्रोतका अनुसार त्यसपछि ‘लिलीबिली’ युनिट ‘प्रेमगीत’ स्टार प्रदीप खड्काकहाँ पुग्यो । प्रदीपले अभिनय गरेको ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ दुवै हिट भएका छन् ।

अधिकांश सुटिङ युरोपमा हुने चलचित्र ‘लिलीबिली’ मा अभिनय गर्न निर्माण पक्षले प्रदीपलाई प्रस्ताव गर्‍यो । सुरुमै प्रदीपले आफू अहिलेको सर्वाधिक चलेको नायक भएको भन्दै २२ लाख रुपैयाँ र विदेशमा प्रदर्शनको अधिकार पाउनुपर्ने सर्त अघि सारे । सोहीअनुसार निर्माण पक्ष प्रदीपलाई २२ लाख पारिश्रमिक र थाइल्यान्ड तथा म्यान्मारमा चलचित्र प्रदर्शनको अधिकार दिन राजी भएको बताइन्छ । ‘अनमोल केसीभन्दा म केमा कम छु भन्दै प्रदीप खड्काले २२ लाख पारिश्रमिक माग गरे,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार ‘लिलीबिली’ मा अभिनयका लागि प्रदीपले १० लाख अग्रिम पारिश्रमिकसमेत लगिसकेका छन् । मिलन चाम्सले निर्देशन गर्ने ‘लिलीबिली’ को छिट्टै राजधानीको पाँचतारे होटलमा पत्रकार सम्मेलन गरी घोषणा गरिने बुझिएको छ ।

‘लिलीबिली’ मा नायिका शिल्पा मास्केको अभिनय रहने भएको छ । चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गर्न लागेका हुन् । यसअघि प्रदीपले ‘रानीमहल’ चलचित्रका लागि १५ लाखको अफर अस्वीकार गरेको चर्चा चलेको थियो ।medianp

The post अनमोल केसीले ३० लाख अस्वीकार गरेको चलचित्र, प्रदीप खड्काले २२ लाख मा राजी भए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wcz48N
via IFTTT
17 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top