Photo of Milford Sound in New Zealand

काठमाडौं, २९ साउन — हेलिकप्टर चढेर बिहेमा गएका केही व्यक्तिहरू जेल पुगेको अनौठो घटना बंगलादेशमा भएको छ ।

जन्ती गएका मानिसहरू हेलिकप्टर पाइलटको कन्फ्युजनका कारण बिहेको समारोहमा पुग्नुको साटो जेल पुगेका हुन् ।
हेलिकप्टर पाइलटले बाटो बिराएपछि उसले जेलको परिसरमा ल्यान्ड गरेको थियो । जेलमा हेलिकप्टर झरेको देखेपछि सुरक्षाकर्मीहरू तर्सिएका थिए ।

त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले यो हेलिकप्टर कुनै आतंकवादी संगठनले पठाएको हुनसक्ने र आफ्ना साथीहरूलाई छुटाउनका लागि आएको हो कि भन्ने ठाने । आक्रमण हुनसक्छ भनी उनीहरूले अलर्ट मोडमा रहेर मोर्चा सम्हाले ।

सुरक्षाकर्मीहरू हेलिकप्टरनजिक पुग्दा पो सजिएका पाँच मानिसलाई देखे । उनीहरू बाहिर निस्केपछि सबै कुरा प्रस्ट भयो । पाइलटले भूलवश जेलमा ल्यान्ड गरेको स्वीकार गरेपछि सुरक्षाकर्मीहरूले सबैलाई छोडिदिए ।

एजेन्सी

The post बिहेमा हेलिकप्टर चढेर जन्ती गएका व्यक्तिहरू जेल पुगे.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w2aLtt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top