Photo of Milford Sound in New Zealand

काठमाडौं, २८ साउन । अविरल बर्षाका कारण इटहरीमा हालसम्मकै ठूलो बाढी आएको छ । बाढीका कारण ठुलो मानबीय र भौतिक क्षति भएको छ । वाडीले बगाएर इटहरीमा ५ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इटहरीमा ५ जना र तरहरामा १ जना गरेर ६ जनाको सब भेटिएको छ । यस्तै थुप्रै हराएका खबरहरु आइरहेका छन् । बाढीले नेपाल टेलीकमको सेवा समेत अबरुध भएकाले सुचना संकलन र उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।

शुक्रबार रातीदेखिनै इटहरी क्षेत्रमा बिद्युत सेवा समेत अबरुद्ध छ । सडक पुरै बाडीले ढाकेर सबारी साधन चल्न असहज भएको छ । बाढीका कारण इटहरी स्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय पनि डुवानमा परेको छ ।

सेनाका ब्यारेक भित्रै पानी पसेपछि सामान सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको हेलिकप्टर विहानै देखी उद्धारका लागि जुटेको छ ।बाढि घर भित्र पसेपछि मानिसहरुको विचल्ली भएको छ । इटहरीको मुख्य चौक सहितका बजार क्षेत्रमा पनि पानी पसेको छ ।

कोशी व्यारेजमा खतराको संकेत

सप्तकोशी नदिमा पानीको बहाव बर्षकै उच्च स्थानमा पुगेको छ । शनिवार विहानको मापन अनुसार सप्तकोशी नदिमा २ लाख ६९ हजार २ सय ५० प्रतिक्युसेक पानी बहेको कोशी व्यारेजले जनाएको छ । सप्तकोशीका ५६ ढोका मध्ये ३४ ढोका खुल्ला गरिएका छन् । कोशी व्यारेजमा यसअघि नै खतराको संकेत स्वरुप रातो झण्डा गाडिएको छ । source:medianp

The post इटहरीमा अहिलेसम्मकै भिषण बाढी, ६ जनाको ज्यान गयो, कोशी व्यारेजमा खतराको संकेत… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hTH9J0
via IFTTT
11 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top