Photo of Milford Sound in New Zealand

एजेन्सी – वास्तवमा मानिस जति धनी बन्दै गयो उति नै उसलाई अझ बढी धनी बन्ने इच्छा जागेर आउँछ । नेपालको सन्दर्भमा मात्र होइन विश्वभर नै धनी र गरीबबीच एउटा अचम्म किसीमको दूरी छ । मानिसहरु गरिब भएकै कारण आफूलाई अभागी र असफल ठान्छन् । तर, वास्तवमा त्यसो होइन । भगवान गौतम बुद्धले एक ब्यक्तिको ‘म कसरी गरीब भएँ’ भन्ने प्रश्नमा दिएको उत्तरले तपाईंलाई लाग्नेछ कि वास्तवमै हामी कति धनी रहेछौँ र तपाईंको गरीबी एकै छिनमा हटेर जानेछ ।

प्राचिन कालका पुस्तकलाई आधार मान्ने हो भने गौतम बुद्ध नेपालको तिलौराकोटमा बुद्धत्व प्राप्त नभएपछि भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्न गए । त्यहाँ उनले बुद्धत्व प्राप्त गरेपछि आफूले पाएको ज्ञान सबैलाई बाँड्न थाले । सोही क्रममा एक गरीबले बुद्धसँग आफू किन गरीब भएको भन्दै प्रश्न गरे । त्यसक्रममा बुद्धले भने, ‘तिमीले कहिले कसैलाई केही दिएका छेनौँ, त्यसैले तिमी गरीब भएका हौँ ।’ प्रश्न सोध्ने गरिब किसान अचम्ममा पर्यो र आफूसँग अरुलाई दिने केही नभएको बरु सााझ बिहानको छाक टार्न गाह्रो भएको कुरा बुद्धलाई सुनायो ।

त्यत्तिकैमा बुद्धले मुस्कुराउँदै जवाफ दिए, ‘तिमीले आफ्नो अनुहारबाट कसैलाई पनि मिठो मुस्कान दिन सक्छौँ । तिमीसँग दुई हात छ आवश्यक पर्दा सघाउन सक्छौँ । तिमीसँग मुख छ मिठो बोल्न र कसैको प्रशंसा गर्न सक्छौँ । अनि तिमी कसरी गरीब भयौँ । गरीबी तिम्रो मनमा छ । जब मनबाट यो भ्रम हटाउनेछौँ तब तिम्रो गरीबी पनि आफै हटेर जानेछ ।’-KathmanduToday

The post यो हो गरीबीलाई १ सेकेण्डमै चट् पार्ने र धनी बन्ने उपाय ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2whxgvl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top