Photo of Milford Sound in New Zealand

काठमाडौं, साउन १८ – दुई महिला प्रहरी उपरीक्षक एसपीलाई संवेदनशील जिल्लाको जिम्मेवारी दिइएको छ । प्रहरी मुख्यालयले मंगलबार ७० जना एसपीको सरुवा गर्दा दुई महिलाले जिल्ला प्रमुखको जिम्मेवारी पाएका हुन् ।

जसमा सिआइबीका एसपी मिरा चौधरी र प्रहरी प्रधान कार्यालय बालबालिका सेलका एसपी दुर्गा सिंह चन्द छन् । एसपी चौधरीलाई धनुषाको र चन्दलाई दाङको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो । अरु जिल्लाको तुलनामा यी दुई जिल्ला निकै संवेदनशील मानिन्छन् । तराई र भारतसँग सीमा जोडिएको धनुषामा विभिन्न आपराधिक समूहको अझै पनि ‘थ्रेट’ छ । त्यस्तै अन्य जिल्लाको तुलनमा दाङ पनि संवेदनशील जिल्ला मानिन्छ । एसपी दुर्गा सिंह चन्द दाङको प्रहरी प्रमुख हुने पहिलो महिला समेत हुनुहुन्छ ।

यी दुबै एसपी सक्षम मानिन्छन् । एसपी मिरा चौधरी अपराध महाशाखामा हुँदा गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरमा मारिएका थिए । चापागाउँको प्रहरी वृतको जिम्मेवारी सम्हालेका सिंहले आफ्नै प्रहरी निरीक्षकलाई जेल हालेर चर्चा बटुल्नुभएको थियो ।

चौधरी र चन्दसँगै अर्का एसपी किरण रानाले पनि जिल्ला प्रमुखको जिम्मेवारी सम्हालिरहनुभएको छ । भक्तपुर जिल्लाको जिम्मेवारी सम्हाल्नुभएकी एसपी मिरा चौधरी सिइआबी आएपछि त्यहाँको जिम्मेवारी एसपी किरण रानाले सम्हाल्दै आउनुभएको छ । source:ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u2SZGy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top