Photo of Milford Sound in New Zealand

तुलसीपुर, ३२ साउन । पश्चिम दाङमा बाढीपीडित महिला बलात्कृत भएकी छन् । बबई गाउँपालिका २ ट्वाङखोलाकी २१ बर्षीया सीता खड्का (नाम परिवर्तन)लाई सोही गाउँपालिकाको वडा नम्बर ५ हापुरेका २६ बर्षीय इन्द्रबहादुर वलीले बलात्कार गरेको इप्रका तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार घरमा बाढी पसेर महिलाको घर जलाम्य थियो । घरभित्रको पानी बाहिर फालिरहेकी ती महिलाई साउन २९ गते राति १० बजेतिर वलीले बलात्कार गरेका थिए ।

वलीले ती महिलाका श्रीमानलाई घरनजिकैको होटेलमा मदिरा सेवन गराई बेहोस बनाएर श्रीमतीलाई बलात्कार गरेका थिए । वलीलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी ऐन अनुसार मुद्दा चलाइएको इप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक विवेककुमार शाहले जानकारी दिए ।

The post नेपालमै भयो यस्तो घटनाः श्रीमानलाई रक्सी खुवाएर श्रीमतीको बलात्कार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wQvWwu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top