Photo of Milford Sound in New Zealand

साउदी अरब १०, अगस्ट ।नेपालीहरुको लागि बैदेशिक रोजगारको प्रमुख गन्तब्य रहेको साउदीअरबबाट नेपालको लागि ईतिहास मै पहिलो पटक सिधा उडान सेवा छिट्टै नै सुरु हुन गैरहेको छ ।

साउदीअरबमा रहेका नेपालीहरुलाई लक्षित गरी बिगत ४ बर्ष देखी साउदीअरबमा ट्राभल ब्यवसाय संचालन गर्दै आएका ब्यबसायी शरद कुमार शर्मा र नेपालबाट संचालित हिमालय एयर लाइन्सको पहलमा साउदी अरबको सम्बन्धित निकायसँगको सहकार्यमा साउदीअरब नेपाल सिधा हवाइ उडान सेवा सुरु हुन लागेको हो ।

लामो समय देखिको प्रयास, मेहनत र संघर्षका बाबजुत अन्तत केही दिन भित्रै उक्त सेवा सुरु हुने कुरा हिमालय एयरलाइन्सको तर्फबाट साउदीअरबको लागि अधिकारिक बिक्रेता अस्फर ट्राभलका (GSA – General Sales Agent) तथा नेपाली ट्राभल साउदी अरबका Managing Director शरद कुमार शर्माले बताएका छन् । केहि दिन भित्र मै उडान तालिका आइसक्ने र त्यसको केही दिन भित्रमा नै उडान सुरु हुनेछ । पाच लाख भन्दा नेपाली कामदारहरु रहेको साउदीअरबमा यो एउटा निकै नै खुशीको कुरो हो र सधैं नेपाल जाँदा लामो लामो ट्रान्जिट र त्यहाँ बिभिन्न समस्याहरु भोगिरहेका नेपालिहरु

लगायत अन्य नेपाल भ्रमणमा जाने पर्यटक, ब्यबसायीहरु सहज र सरल तरिकाबाट सिधा साउदी नेपाल गर्न सकिने कुराले पक्कै पनि सबै जना खुशी नै रहेको कुरा पनि शर्मा बताउछन । नेपालबाट संचालित हिमालय एयरलाइन्सको जहाज अहिले ३ वटा रहेको र ५ बर्ष भित्रमा १५ वटा पुर्याउने लक्ष रहेको कुरा हिमालय एयरलाइन्सका (General Manager-Commercial) राजु बहादुर केसीले बताएका छन् ।

हाल दुबई, कतार, मलेसिया लगायत अन्य केही मुलुकहरुमा सेवा दिरहेको हिमालय एयरलाइन्सले भबिष्यमा युरोप, अमेरिका, कोरिया लगायत अन्य मुलुकहरुमा पनि उडान सेवा सुरु गर्ने कुरा केसीले बताएका छन् । उसका अनुसार साउदीअरबको दम्माम शहरबाट अहिले दैनिक १ फ्लाइट हुने र उक्त जहाजमा १५० वटा एकोनोमी सिट र ८ वटा बिज्नेस क्लासका शिट रहनेछन तर यात्रुहरुको चाप बढेको खण्डमा र एउटा जहाजले धान्न नसकेको खण्डमा दैनिक २ वटा फ्लाइट पनि गर्न सकिनेछ ।

सुरुका दिनहरुमा साउदीअरबको दम्मामबाट फ्लाइट सुरु भए पनि छिट्टै नै साउदीअरबको रियाद र जेद्धा शहरबाट पनि हिमालय एयरलाइन्सले नेपालको लागि सिधा उडान सेवा सुरु गर्ने योजना रहेको पनि रहेको छ । हवाइ टिकेटको मुल्य के कस्तो होला भन्ने जिज्ञासामा साउदीअरबमा रहेका नेपालीहरुको हितमा नै सिधा उडान सेवा सुरु हुन लागेकोले टिकेट मुल्य लगायत अन्य सुबिधाहरु पनि नेपालीहरुको हितमा नै हुने छ|

साउदीअरबका लागि हिमालय एयरलाइन्सको अधिकारिक बिक्रेता अस्फर ट्राभलका (GSA – General Sales Agent) तथा नेपाली ट्राभल साउदीअरबका Managing Director शरद कुमार शर्माका अनुसार केही दिन भित्रमा नै कुन मिती देखी उडान सुरु हुने र कुन समयमा उडान सुरु हुने लगायत अन्य कुराहरु फाईनल हुने र ओपनिङ कार्यक्रम दम्माममा हुनेछ र त्यसका लागि नेपालदेखी मालय एयरलाइन्सका पदाधिकारीहरु पनि साउदीअरब आउने कुरा रहेको छ ।

यो सिधा फ्लाइट सुरु गराउन पहल / कार्य गर्दै गर्दा प्रतक्ष अप्रतक्ष रुपमा सहयोग गर्ने, शुभेक्षा प्रकट गर्नुहुने, हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यसै गरी सबैको साथ र सहयोगको अपेक्षा रहेको कुरा पनि बताएका छन् ।लाईटनेपाल बाट साभार गरियको हो |

The post साउदी अरबमा काम गरि बस्नेहरुलाइ ईतिहासमै पहिलो पटक मिल्यो खुसिको खबर …. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vYfOLS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top