सोमबार 7 अगस्त २०१७ को दिन मा चन्द्र ग्रहण हुने हुना ले पुरै दिन सुतक रहने छ | यो ग्रहण १ घण्टा ५५ मिनेटसम्म लाग्ने छ ।
चन्द्र ग्रहण साझ पख लाग्ने छ तर ग्रहण को समय देखि लगभग 9 घन्टा पहिले देखि नै सुतक काल प्रारम्भ हुने हुना ले पुजाआजा गर्नु हुदैन
ग्रहण लागेको बेला तेल लगाएर शरीर को मालिश गर्नु हुदैन यसले त्याचा सम्बन्धी बिमारी हुन सक्छ |
ग्रहण लागेको बेला मन्त्र हरु को जप गर्दा मनमनै जप गर्नु पर्छ चिच्च्याएर सबैले सुन्ने गरि गर्नु हुदैन |.
स्वस्थ व्यक्ति ग्रहण काल मा सुत्नु हुदैन , यसले स्वास्थ्य सम्बधि समस्या आउन सक्छ, गर्भवती, रोगि र बृद्दजन यो समय मा बिश्राम गर्न सक्छन |
पति पत्नी ले यो समय मा संयम राख्नु पर्छ , शास्त्र अनुसार ग्रहण को समय मा बनाएको सम्बन्ध बाट जन्म लिने सन्तान को स्वाभाब राम्रो हुदैन उनीहरु मा शारीरिक तथा मानशिक बिकृति हुन सक्छ |
पकाएको भोजन ग्रहण लागे पछि खाने योग्य रहदैन यसकारण एस्तो खाना खानु हुदैन, चन्द्र ग्रहण लाग्दै गर्दा बनाएको भोजन मा तुलसी को पात राख्ने गर्नु पर्छ | जसले गर्दा भोजन मा पवित्रता बनि रहन्छ |
ग्रहण लागेको बेला पुजा गर्नु हुदैन, चन्द्र ग्रहण लागेको बेला कुनै प्रकार को पुजा गर्नु हुदैन, यहि कारण सबै मन्दिर हरु को ढोका पनि बन्द गर्ने गरिन्छ , यो बेला मनमनै मन्त्र हरु को जप गर्न सकिन्छ |
गर्भवती महिला हरु लाइ ग्रहण लागेको बेला घर बाहिर निस्कनु हुदैन, चन्द्र ग्रहण लागेको बेला बिसेष साबधानी राख्नु पर्छ, ग्रहण को कारण बाताबरण मा हानिकारक तरंग हरु सक्रिय हुने गर्छन जसले गर्दा गर्भ मा रहेको बच्चा लाइ नराम्रो असर गर्न सक्दछ |
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2ucujr9
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.