Photo of Milford Sound in New Zealand

श्रावण २९, २०७४- केही दिनयताको अविरल वर्षासँगै कोसी नदीमा पानीको सतह बढेपछि भारतले कोसी बाँधका ५६ मध्ये ३७ ढोका खोलिदिएको छ । लगातार वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानमा पर्ने खतरा बढेपछि नेपालले भारतलाई कोसी ब्यारेजसहित सबैजसो नदीका बाँध र तटबन्धका ढोका खोलिदिन शनिबारै आग्रह गरेको थियो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीलाई फोन गरी भारत सरकारसमक्ष त्यस्तो आग्रह गरेका थिए । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गृह र परराष्ट्रमन्त्री तथा सुरक्षा निकायका प्रमुखसहितको आकस्मिक बैठक डाकेका थिए ।

राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई आफ्नो सरकारले कोसी ब्यारेजसहित सबैजसो नदीका बाँधका ढोका खोल्न सुरु गरिसकेको उल्लेख गर्दै नेपालमा मानवीय क्षति हुन नदिन आफूहरू सचेत रहेको जनाएको महराको निजी सचिवालयले जानकारी दिएको छ । कोसी ब्यारेजमा पानीको बहाव उच्च भएपछि त्यस क्षेत्रका जनतामा त्रास फैलिएको छ ।

सन् २००८ मा कोसीको पूर्वी डयाम फुटेर त्यस क्षेत्रमा ठूलो क्षति भएको थियो । महिनौंसम्म पूर्व–पश्चिम राजमार्ग सञ्चालन हुन नसक्दा भारतीय मार्ग हुँदै नेपाल यात्रा गर्न बाध्य भएका थिए । त्यतिबेला समयमा मर्मत र अनुगमन नहुँदा बाँध फुटेको थियो । त्यस्तै अवस्था आउन सक्ने भन्दै नेपालले सहज बहावका लागि पहल लिन आग्रह गरेको हो । गृह मन्त्रालयले त्यस क्षेत्रको क्षति र जोखिमबारे जानकारी आएलगत्तै कोसी ब्यारेजका सबै ढोका खोल्न कूटनीतिक पहलका लागि परारष्ट्र मन्त्रालयलाई आग्रह गरेको थियो ।

उद्धारमा नेपाली सेना
बाढी तथा डुबानमा परेका इलाकानजिक रहेका नेपाली सेनाका युनिटहरू खोजी तथा उद्धार कार्यमा सक्रिय रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, सिन्धुली, चितवन, बाँके जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोमा परेकाहरूको उद्धारमा सेना सक्रिय रहेको सेनाले जनाएको हो । बाढी प्रभावित सुनसरी र मोरङमा शुक्रबार मध्यरातबाट नै खोज तथा उद्धारका लागि पूर्वी पृतनाअन्तर्गतका फौज परिचालित भइरहेको जनाएको छ । सुनसरीमा डुबानमा परी सर्वसाधारणको मृत्यु भएको र घर डुबेको खबरलगत्तै पूर्वी पृतना इटहरीबाट एलुवेट हेलिकप्टर प्रयोग गरी उद्धारमा खटाइएको निर्देशनालयले जनाएको छ ।
kantipur

The post कोसी ब्यारेजका ३७ ढोका खुले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vZZjPF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top