Photo of Milford Sound in New Zealand

भरतपुर। भ्रमणमा जान लागेकी एक छात्राले मजाकमा भनेको कुरा साँचो भएपछि अहिले हंगामा भएको छ । ती छात्राले भ्रमणमा जानुअघि आफ्ना साथीहरुसँग मजाकमै ‘माथि जान लागेको’ भनिन् । तर, जब वास्तवमै दुर्घटनामा उनको मृत्यु भयो उनको कलेज र गाउँ स्तब्ध बनेको छ ।

राजस्थान जयपुर जिल्लाको भरतपुरकी १६ वर्षीया छात्रा दिप्ती राजस्थानकै गोगामेडी दर्शनका लागि जान लागेकी थिइन् । उनलाई विदा गर्न आएका साथीहरुसँग उनले आफू माथि जान लागेको बताएकी थिइन् । साथहिरुले गाली गर्दा उनले साथीहरुलाई भनेकी थिइन् ‘मलाई सबैभन्दा बढी तिमीहरुले मिस गर्नेछौ ।’

दुर्घटनामा मृत्यु भएकी ती किशोरीले अन्य चार जनालाई जीवनदान दिएर गएकी छिन् । उनले मृत्युअघि नै दुवै मृगौला, कलेजो र मुटु दान गरेकी छिन् । उनका दुई मृगौला जयपुरमै दुई व्यक्तिलाई प्रत्यारोपण गरिएको छ । कलेजो पनि जयपुरमै अर्का व्यक्तिलाई प्रत्यारोपण गरियो । मुटु प्रत्यारोपण गर्ने बिरामी मुम्बइमा भएकोले मुटुलाई मुम्बइ पठायएको छ । डिसी नेपाल

The post जब मजाकमा भनेको कुरा साँचो भयो… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vOHdj0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top