Photo of Milford Sound in New Zealand

कर्ण दासले गीत गाएका थिए – जन्मिदा एक्लै, मर्दा नि एक्लै । हुन त, यो नियम संसारभरका सबै प्राणीहरुमा सामान्यतया लागू हुन्छ तर एक जना क्रोएसियन महिलाका लागि भने यो अलिक बढि नै लागू भयो ।

हेदभिका गोलिकको जन्म १९२४ मा भएको थियो । क्रोएसियन पुलिसका अनुसार उनी अन्तिम पटक १९६६ मा देखिएकी थिइन् । त्यसपछि उनी हराइन् ।

उनका छरछिमेकले ठाने कि उनी बसाइ सरेर जाग्रेब भन्ने ठाउँमा गइन् तर उनको खोजी गर्दै सुनसान स्थानमा रहेको उनको घरमा भने कोही पनि पुगेन । तर सन् २००८ मा उनको हाडखोर कुर्सीमा बसिरहेको अवस्थामा उनकै घरमा भेटियो ।

पुलिसका अनुसार उनी मृत्यु अगाडी आफ्नै घरको कुर्सीमा बसेर टिभी हेर्दै चिया पिउँदै थिइन् । उनको कोठामा पुग्दा प्रहरीलाई यस्तो लाग्यो कि समय त्यही अडिएको छ । उनले अन्तिम पटक पिउँदै गरेको चियाको कप ४२ बर्ष पछि पनि टेबलमा थियो ।

४२ बर्ष सम्म पनि त्यो घरमा किन कोही पनि गएन भन्ने कुरा आश्चर्यजनक रहेको छ ।

The post ४२ बर्ष पछि टिभी अगाडी मृत भेटिइन् एक महिला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vVaypM
via IFTTT
20 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top