Photo of Milford Sound in New Zealand

सोल : ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ । पेपर दे घर जान्छु भन्दा पनि दिदैन । मेरो अकाउन्टमा ३२ लाख वन छ । त्यो बुढी र बहिनीलाई दिनु होला’ पर्वतका केशव श्रेष्ठले आत्महत्या गर्नु अघि आफनो डायरीमा यस्तो सुसाइड नोट लेखेका छन् ।

अरु नेपाली युवाहरुले कोरियामा आत्महत्या गरेको घटना सुन्दा आश्चर्य मान्दै आएका करीव २८ बर्षीय श्रेष्ठले सोमबार आफै आत्महत्या गरेका छन् । आत्महत्या गर्नु अघि श्रेष्ठले श्रीमती र बहिनीलाई सम्झिएका छन् । श्रेष्ठको सुसाइड नोटमा ३२ लाख वन अर्थात करीव ३२ हजार रुपैया आफनो बैंक खातामा रहेको र सो पैसा श्रीमती र बहिनीलाई दिन अनुरोध गरिएको छ ।
पर्वतको थापाथाना घर भएका श्रेष्ठको स्वास्थ्यमा खराव रहेको,औषधी उपचार गर्दा पनि निको नभएको,विदा लिएर घरमा आउन चाहेको,कम्पनीले घरमा आउन विदा नदिएको,निन्द्रा नलाग्ने समस्या रहेको,निन्द्रा लाग्ने औषधी सेवन गर्दै आएको जस्ता तथ्यहरु उनका सहकर्मीका भनाई र सुसाइड नोटबाट खुल्न आएको छ ।
करीव १५ महिना अघि बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका श्रेष्ठले सोमबार आत्महत्या गरेका छन् । कोरियाको छुन्जुस्थित आफनै कम्पनीको छतमा जाने भरयाङमा झुण्डिएर श्रेष्ठले आत्महत्या गरेका हुन । छतमा जाने भरयाङमा पासो लगाएर श्रेष्ठले आत्महत्या गरेको श्रेष्ठका रुम पार्टनर अमृत गिरीले जानकारी गराएका छन् । अघिल्लो दिनमा राम्रोसँग सुतेको साथी बिहान काममा जाने समयमा कोठामा फेला नपरेपछि श्रेष्ठको खोजी शुरु गरिएको थियो । बाथरुम र अन्यत्र खोजी गर्दा नभेटिएका श्रेष्ठ भरयाङमा झुण्डिएको अवस्थामा भेटिएको उनका साथीहले बताएका छन् । ती साथीका अनुसार कम्पनीको काम सजिलो थियोभने बसाई पनि सहज नै थियो । साथीले एक्कासी आत्महत्या गर्नुको कारण बुझन नसकेको ती साथीले बताएका छन् ।


श्रेष्ठ निन्द्रा नलाग्ने समस्याबाट पीडित थिए । निन्द्रा लाग्ने औषधी सेवन गर्दै आएका थिए । विदा लिएर घरमा आउने चाहना पनि श्रेष्ठले व्यक्त गर्दै आएका थिए तर कम्पनीले विदा नदिएको गुनासो पनि उनले गरेका छन् । दिवा र रात्रीकालीन सेवा रहेको कम्पनीमा श्रेष्ठले दिवा सेवामा काम गर्ने गरेका थिए ।

सहकर्मीहरुका अनुसार कोरियामा किन नेपाली युवाले आत्महत्या गरेर ज्यान गुमाउँछन भनेर कुराकानी गर्ने गर्थे । एक्कासी श्रेष्ठलाई झुण्डिएको अवस्थामा भेटदा उनका सहकर्मीहरु पनि बिक्षिप्त भएका छन् । श्रेष्ठका दाजू पनि कोरियामै काम गर्छन । सोलसिथ्त नेपाली राजदूतावासले पनि आत्महत्याको बारेमा कोरियन प्रहरीले खवर गरेको बताएको छ । श्रेष्ठको शव छुन्जुस्थित स्थानीय अस्पतालमा राखिएको छ । सो कम्पनीमा अन्य नौ जना नेपालीले काम गर्दै आएका छन् ।
तीन दिन अघि गुल्मीका बिष्णुप्रसाद घिमिरेको कार्यस्थलमा दुर्घटनामा निधन भएको थियो । रोजगार अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि कोरिया पुग्ने नेपाली युवाहरुमा आत्महत्याको क्रम बढेको छ । annapurnapost

http://ift.tt/2uCcgdb

from SHYANE http://ift.tt/2vhgbOU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top