Photo of Milford Sound in New Zealand

काठमाडौं, १ भदौ । खुम्बु खोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमा भाग लिन १८ जना नेपाली कलाकार अमेरिका उडेका छन् ।

यही शनिबार अमेरिकामा हुन लागेको ग्लोवल नेपाली फिल्म अवार्ड दोस्रो संस्करणमा भाग लिन भुवन केसी, अनमोल केसी, केकी अधिकारी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे माग्ने बुढा, आकाश अधिकारी, राजु खत्री, अर्जुनजंग शाही, रामकेशर बोगटी, पुरन जोशी, रवीन्द्र खड्का, अम्बिका शर्मा, रमेश बुढाथोकी, राजेन्द्र शलभ, टिका पहारी कृष्ण मल्ल, मधुकुमार श्रेष्ठ, शर्मिला मल्ल, सुनिता थापा बुधबार राति अमेरिकातर्फ प्रस्थान गरेका हुन् ।

सन् २०१६ बाट विधिवत् रूपले थालनी गरिएको खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड नेपाली कला संस्कृति र चलचित्रको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका नेपाली भाषी कलाकार तथा निर्माता निर्देशकलाई दिँदै आइएको छ । नेपालबाट जो जो कलाकार गए, उनीहरू आफैं अवार्ड थापेर फर्कने छन् ।

अनमोल केसी चलचित्र ‘कृ’ को सुटिङ बीचमै छाडेर अमेरिका उडेका हुन् । ‘कृ’ तिहारमा प्रदर्शनमा आउने बताइएको छ । सो अवार्डमा भाग लिन नायक शिव श्रेष्ठ र आर्यन सिग्देल पनि जान चाहेका थिए । तर, अमेरिकी दूतावासले दुवैलाई भिसा दिएन । medianp

The post ‘कृ’ को सुटिङ छाडेर अनमोल केसी अमेरिका, शिव श्रेष्ठले पाएनन् भिसा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fN2rrj
via IFTTT
16 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top