Photo of Milford Sound in New Zealand

नरैनापुर गाउँपालिका–५ तल्लो भगवानपुरस्थित पानीको बहाब बढेकोले नेपाल राष्ट्रिय प्रा. बि को छतमा बसेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको छ । ती व्यक्तिको उद्धार गर्न २ जना प्रहरी जवान पौडी खेल्दै गएकोमा तत्काल पानीको बहाव बढेपछि उनीहरु समेत सोही छतमा अड्किएका थिए ।

तत्पश्चात ईलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा ४ प्रहरी र ६ जना स्थानीय गरी १० जना डुङगा चढी गएकोमा डुङगा पल्टन जाँदा सबै टोली पौडीएर नजिकै रहेको पीपलको रुखमा चढेर बच्न सफल भएका थिए । उक्त टोली करीव ४ घण्टा रुखमा बसेको र पानीको बहाव घट्दै गएपछि ती व्यक्तिको उद्धार गरिएको हो ।

यसैगरी बाँकेकै सोनारी गाउँपालिका–१ स्थित गाभर खोलामा आएको बाढीले खोलाको पुलको पुर्वतिरको भाग कटान गरी पूर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ ।

The post पिपलको रुखले बचायो उद्धारमा खटि गएका प्रहरीहरु लाई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vP6DgL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top