कोशीमा पानीको बहाब बढेर पुर्बी नेपाल जलमग्न भए पछी र तराईको अधिकांश ठाउमा डुवान भई नदी को बहावमा उच्च जोखिम बढेपछि उप प्रम तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले भारतीय राजदुत मंजिभ सिंह पुरी मार्फत भारत सरकार लाई भारतिय सबै बाँध यथासिघ्र खोल्न आग्रह गरेका छन ।
केही बेर अघी टेलिफोन मार्फत महराले त्यस्तो आग्रह गरेको उनका स्वकीय सचिब समेत रहेका राहुल महराले जानकारी दिएका छन। भारतले बाँध नखोलेका कारण सप्तरी सुनसरी,मोरंग लगायतका जिल्ला डुबानमा परेका छन्।
लगातारको बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेर यो बर्षकै उच्च भएको छ। पानीको बहाव उच्च हुँदा समेत भारतले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरिरहेको भन्दै स्थानीयबासी रुष्ट बनेका छन्।
पानीको बहाब प्रति सेकेण्ड २ लाख ७० हजार तीन सय ६५ क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी दिए ।
उनका अनुसार भारतको नियन्त्रणमा रहेको सप्तकोसी ब्यारेजका ५६ ढोका मध्ये ३३ वटा मात्र ढोका खुल्ला गरिएको छ। पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा पाँच दिनदेखि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।
सप्तकोसी नदीमा शुक्रबार बिहान प्रतिसेकेण्ड २ लाख ५० हजार ४० क्युसेक पानीको बहाव मापन गरिएको भएपनि दिउँसोबाट अझ बढ्दै गएको एसपी माझीले बताए। सप्तकोसीमा पानीको बहाव उच्च भएका कारण सुनसरीको बराहा नगरपालिका स्थित श्रीलंका टापुका बासिन्दाहरुलाई आवतजावतमा समस्या परेको महेन्द्रनगरका रमेश घिमिरेले बताए। यतिबेला कोसी प्रभावित क्षेत्रका बासिन्दाहरु त्रसित देखिन्छन्।
The post प्रधानमन्त्री बोलेनन् अटेरी भारत सामु महराले दिए यस्तो आदेश कोशी ब्यारेजको ढोका खोल्न appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2uAe9Id
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.