Photo of Milford Sound in New Zealand

एजेन्सी। इण्डोनेसियामा एक युवक आफ्नी गर्लफ्रेण्डसँग भिडियो कलमा कुरा गर्दागर्दै एकाएक खतरनाक कदम उठाएका छन् । ती युवक इण्डोनेसियाको सुलावेसीका भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । १८ वर्षका हिदायतुल्ला नामका ती युवकले भिडियो कलमा कुरा गर्दागर्दै फोन काटेर झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

२७ जुलाइका दिन हिदायतुल्ला आफ्नी गर्लफ्रेण्ड अप्रियानीसँग भिडियो कलमा कुरा गर्दै थिए । अचानक गर्लफ्रेण्डको भिडियोमा उनले अरु कसैलाई देखे । उनलाई आफ्नी गर्लफ्रेण्डले आफूलाई धोका दिइरहेको शंका भयो । उनले केही नभनी फोन काटे र फाँसीमा झुण्डिए । यो घटनापछि पूरै इलाकामा सनसनी फैलिएको छ । केही व्यक्तिहरु अहिले पनि उनको मृत्युलाई शंकास्पद बताइरहेका छन् ।

प्रहरीले भने यो घटनालाई आत्महत्या मानेको छ । प्रहरी अधिकारीका अनुसार यस्तो कुनै संकेत भेटिएको छैन जसले उनको हत्या वा उनको गर्लफ्रेण्डको हात भएको देखियोस् । प्रहरीका अनुसार उनले भिडियो कल भन्दा अगाडि नै फन्दा बनाएका थिए । गर्लफ्रेण्डलाई पनि आफू झुण्डिन लागेको बताएर उनले फोन काटेको र त्यसपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घटनापछि हिदायतुल्लाकी गर्लफ्रेण्डले बताएअनुसार हिदायतुल्लाले फोन काटेपछि उनले पटक पटक कल गरेकी थिइन् । तर उनले फोन उठाएनन् । उनी निकै डराएर हिदायतुल्लाको घर पुगिन् । तर त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो । मानिसहरुले हिदायतुल्लालाई अस्पताल भर्ना गरे तर त्यति बेलासम्म उनको मृत्यु भइसकेको थियो ।

The post गर्लफ्रेण्डसँग भिडियो कल गर्दागर्दै दिमाग सन्किएपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vHxV8r
via IFTTT

0 comments:

Post a Comment

add

 
Top