Photo of Milford Sound in New Zealand

एक व्यक्तिको हत्या गरेर फरार एक अभियुक्तले फेसबुकबाट प्रहरीलाई समेत धम्की दिएका छन् । उनले फेसबुकमा पोष्ट गरेर आफ्नी प्रेमिकालाई छुनेलाई आफूले मारिदिएको बताउँदै आफ्नी प्रेमिकासँग गलत व्यवहार गरे प्रहरीलाई पनि नछोड्ने धम्की दिएका हुन् । भारतको राजस्थानका विनोद बेनीवालको हत्या गरी फरार अभियुक्त दीपक मलिकले श्रीगंगानगर प्रहरीलाई पनि परिणाम नराम्रो हुने चेतावनी दिएका हुन् ।

उनले फेसबुकमार्फत शक्ति भए आफूलाई पक्राउ गर्न पनि खुला चुनौती दिएका छन् । दीपकको यो कदमले प्रहरी पनि छक्क परेको छ र सतर्कता बढाएको छ । उनले फेसबुकमा हतियारसहितको फोटो राखेको देख्दा उनी ठूलै ग्याङसँग सम्बन्धित भएको प्रहरीको अनुमान छ । हत्या गरेर फरार भएपनि उनले लगातार फेसबुक अपडेट गरिरहे पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीले उनकी प्रेमिकालाई हिरासतमा राखेको छ ।

डिसी नेपाल ,

The post हत्या गरेर फरार व्यक्तिले फेसबुकबाट दिए प्रहरीलाई च्यालेन्ज appeared first on Taja nepali news.

http://ift.tt/2wwzR1q

from SHYANE http://ift.tt/2urK9Cg
via IFTTT
10 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top