Photo of Milford Sound in New Zealand

रौतहट, २९ साउन – बाढीले जीप बगाउदा रौतहटमा सुत्केरी गराउन स्वास्थ्यसस्थामा जादै गर्दा छ जनाको मृत्यु भएको छ । राजपुर गापालिका–३ स्थित बमनहरले बाध भत्किदाँ उनीहरु चढेको जीप परेको थियो ।

मृत्यु हुनेमा परोहा गाउपालिका ३ लौकाहाका ३२ वर्षीय चन्दन यादव, उनको श्रीमती सर्मिला यादव, आमा सुमित्रादेवी, भाउजु ललिता देवी, भतिजा सरोज यादव र छोरी छोटु यादवको बाढीले बगाउदा मृत्यु भएको स्थानीय शेष वकिलले जानकारी दिएका छन् ।

बाढीले जीप बगाउदा छ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए। लौकाहाबाट बिहान करीव ३ बजे उनीहरु राजपुरमा रहेको स्वास्थ्यकेन्द्रमा गर्भवती गराउन आएका थिए ।

चन्दनको श्रीमती सर्मिलादेवीलाइ सुत्करी ब्यथा लागेपछि उनीहरु परिवार नै जीपमा दुइकिलो मिटर टाढा रहेको स्वास्थ्यकेन्द्र जादै थिए । स्वास्थ्यकेन्ददेखि करीव दुइसय मिटरमा उनीहरु चढेको जीप बगाएको प्रहरीले जनाएको छ ।kathmandutoday

The post गर्भवती बोकेको जिप बाढीले बगाउँदा ६ जनाको ज्यान गयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vueyz6
via IFTTT

0 comments:

Post a Comment

add

 
Top