Photo of Milford Sound in New Zealand

मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका–६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा शुक्रबार अवतरण गरेको छ ।

खराब मौसमका कारण हेलिकप्टर अवतरण गरेको इन्दु माविका प्रधानाध्यापक यज्ञ काफ्लेले बताए । हेलिकप्टर १२ बजे अवतरण गरेको हो । हेलिकप्टरमा चालक दलका दुईजना, नेदरल्याण्डका नागरिक एकजना र दुई यात्रु गरी पाँचजना सवार रहेको जानकारी प्रधानाध्यापक काफ्लेले दिए ।

मनाङबाट नेदरल्याण्डका बिरामी नागरिकसहित ती यात्रु लिएर जाँदै गरेको हेलिकप्टर अवतरण गरेको हो । तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले पनि हेलिकप्टर खराब मौसमका कारण उक्त ठाउँमा अवतरण गरेको बताए । हेलिकप्टर मौसम सफा भएपछि उड्ने बताइएको छ । रासस

The post पोखराका लागि उडेको हेलिकप्टर तनहुँको साँगे खोलामा। appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wPA3YD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top