Photo of Milford Sound in New Zealand

सुनसरी / भनिन्छ हरेक कुराको सिमा हुन्छ तर सिमा नाघेपछि त्यही कुराले भयङकर रुप पनि लिने गर्दछ आज यस्तै छटना घटेको छ । सुनसरीको धरान १० बिशाल पथमा पनि । धरान १० बिशाल पथ निवासी ईसुन राई र म्यानमार बर्मा घर भएकी युवती मिन्जुयाङग बर्मैली बीच करिब २ बर्ष अधि फेसबुक मा माया बस्यो र त्यही मायामा दुबैजना डुबे पनि दुबै जना एक अर्कालाई जीवनको पाटो समेत बनाए तर समय बित्दै गएपछि ।

त्यही फेसबुकको माया हाल आएर बर्मेली युवती मिन्जुयाङगको जीवनमा ठुला पहाड बनेर अडिएको छ । त्यो पनि समाजीक संजालकै कारण उनको घर तहसनहस भएको छ । फेसबुक मार्फत चिनेका एक बर्मैली युवतीलाई प्रेमको नाटक मात्र गरेका छैन ती धराने युवकले बिबाह बन्धनमा समेत बाधेर उनीसँग भएको सबै सम्पत्ति सहित आफैले जन्माएको छोरोको माया समेत लुटिदियो । आज मंगलबार धरानको होटल कोरीयन रेष्टुरेन्टमा पत्रकार सम्मेलनमा बर्मैली युवती मिन्जुयाङग न्याका लागी पहल गरिदिनुहुन पत्रकार सामु हार गुहार समेत गरिन ।

नेपाली भाषा भेषभुषा समेत नबुझेकी ती युवती धराने युवा इसुनको माया जालमा परेर सारा संसार त्यागेपनि तीनै राई आज उनलाई बेनाम बनाउन खोजेको आरोप उनको छ । सम्मेलनमा उनले भनिन करिब २ बर्ष पहिले मेरो र धराने युवक ईसुन राईको फेसबुकमा माया बस्यो त्यसपछि मैलैनी ती युवकलाई मेरै कमाईको पैसाले सिंगापुरमा टयुरीष्ट भिषामा सिंगापुर बोलाए र र हामा्रे भेट भयो त्यस्पछि हामी अझ गहिरो मायामा पस्यो अनी र केही समय पछि हामी सुनसरीको धरान आएर होटल ड्रिम ल्याण्डमा बिबाह पनि ग¥र्याै ।

बिबाह हुदा सम्म राम्रै थियो । बिबाहको करिब १ बर्षपछि छोरा ईथन राईको जन्म भयो । त्यती बेला सम्म सिगापुर पुगिसक्ने मेरो भिषाको समय पनि कम भएकाले म मेरो छोरा ४५ दिनको हुदा आफना बच्चा बुवा ईसुन राईलाई जिम्मा लगाएर भिषाको समय थप्न सिंगापुर गए र त्यही काम पनि गर्न थाले त्यती मात्र नभएर आफना बच्चा हेरचाह तथा श्रीमान राईका लागी पटक पटक गरी करिब ८ लाख रुपैया समेत पठाए आफना बच्चाको जन्म दिनको पार्टीको फेटो देखाउदै उनले भनिन ।
बर्मेली युवती मिन्जुयाङगका अनुसार पछि कमा गर्नै समय सकिएपछि सुनसरीको धरान आए र श्रीमान संग नै बस्न खोजेपनि आफना श्रीमान ईसुन राई तथा तीनका परिबारले उनलाई आफना घरकी बुहारी स्वकार गर्न नचाहेको तथा आफुलाई पटक पटक पिडित बनाएको सुनाईन ।

उनले भनीन मलाई मेरो श्रमिानले बारम्बार धम्की दिदै आएको छ तिमी बिदेशी नारिक हौ नेपालमा तिमिले केही गर्न सक्दैनौ जे गर्न मन लाग्छ गर तर तिमी मेरो श्रीमती होईन ? यती मात्र नभएर तीनका घर परिबारमा सासु गंगा राई तथ दिदि करुणा राईले समेत बुहारी स्वीकर नगरेकी बताईन । उनले भनीन ईसुन राईले मलाई मेरो पैसाका लागी मात्र माया गरेको जस्तो थियो । उसलाई पैसा नै चाहिन्थ्यो भने किन झुठो माया देखायो मलाई मेरो बैबाहिक नाता प्रमाण्ीत गरिदिनुप¥र्याै र मेरो छोरा मलाई दिनुप¥र्याै ।

समाजिक न्याकको खोजीमा रहीकाी मिन्जुयाङग का अनुसार उनलाई १ बर्षिय छोरासंग समेत भेटन दिईएको छैन भने घरबाट समेत निकाला गरिदिएको छ । उनी हाल बर्मैली राजदुताबासको सहयोगमा धरान १० मै डेरा गरी बस्दै आएकी छिन । एता यसै बिषयमा मिन्जुयाङगका अनुसार उनका श्रीमान भनिएका ईसुन राईलाई बारम्बार फोन सम्पर्क गर्दा समेत उहाको फोन रिसिभ नभएको पाईएको छ । source:purbelinews

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hGbMBW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top