Photo of Milford Sound in New Zealand

नगरकोट, २ भदौ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा रहेको आशापुरेश्वर शिवालयमा साउन महिनामा रु आठ लाख भेटी सङ्कलन भएको छ ।

पाँच सोमबार परेको साउनमा आशापुरेश्वर दर्शन तथा पूजा आराधना गर्न आएका भक्तजनबाट भेटी सङ्कलन भएको श्रीआशापुरेश्वर महादेव संरक्षण समितिका उपाध्यक्ष अजय तामाङले जानकारी दिनुभये । साउनमा भक्तजनबाट सङ्कलित रकमको दुईतिहाइ पुजारीका लागि छुट्याइएको र बचेको एक तिहाइ समितिमै रहने छ । अन्य समयको भेटी पनि सम्पूर्ण रुपमा पुजारीले नै लिने व्यवस्था भएको समितिले जनाएको छ ।

मन्दिरका नाममा जग्गा नहुनु र सरोकारवालाहरुको मन्दिरतर्फसमेत ध्यान जान नसक्दा सोचेअनुसार विकास गर्न नसकिएको तामाङले बताउनुभयो । मन्दिर परिसरमा भौतिक पूर्वाधारको विकास गर्न साउन महिनाको बचेको रकम लगानी गरिने बताइएको छ ।

प्रचारप्रसारको अभाव भए तापनि बाटाकोे सहजता र केदारनाथको शिर डोलेश्वर मन्दिरमा आएका भक्तजनलाई जानकारी भएसँगै यस क्षेत्रमा भक्तजनको चाप बढ्दै गएको स्थानीयवासी बताउँछन् । यस वर्षको साउनमा भक्तपुरसहित काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोकलगायत ठाउँबाट आएका करिब पाँच लाख ५० हजार भक्तजनले मन्दिरको प्रत्यक्ष दर्शन गरेको समितिले जनाएको छ ।

विशेषगरी मनले चिताएको इच्छाआकांक्षा पूरा गर्ने महादेव भएकाले यसको नाम आशापुरेश्वर राखिएको किंवदन्तीमा उल्लेख छ । आशापुरेश्वरमा विशेष गरी सन्तान सुख र छोरा नभएकाहरुले छोराको प्राप्तिका लागि पूजा आराधना गर्ने प्रचलन छ । मन्दिर भक्तपुर र काभ्रेको सिमानामा छ । मन्दिर जगाती चोकबाट १० किमी दक्षिणपूर्व तथा डोलेश्वर मन्दिरबाट ६ किमी पूर्वमा छ ।

-Taja Khabar बाट

The post साउन महिनामा आशापुरेश्वर मन्दिरमा आठ लाख भेटी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xbOV3Q
via IFTTT

0 comments:

Post a Comment

add

 
Top