बाल विवाह गर्न लागेको भन्दै समाज र सरोकारवालाले अवरोध गरेपछि दाङका एक बाल दम्पत्तिले आत्महत्या गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुर निवासी १६ वर्षीय प्रभास (विशाल) विक र १५ वर्षीया वसन्ती विकले बिछोडको पिडामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
चैतमा विशालले भगाएर वसन्तीलाई आफ्नो घरमा ल्याएका थिए। चैतमा विवाह गर्नु हुँदैन भनेपछि वैशाखमा विवाह गर्ने तयारीका साथ उनीहरू दम्पत्तिकै रूपमा विशालको घरमा २० दिन सँगै बसेका थिए।
विशालका अभिभावले पनि छोराको बिहेको तयारी गरेका थिए। विवाहका लागि आवश्यक लत्ता कपडा र गरगहना पनि खरिद गरिसकेका थिए।तर, स्थानीय सरोकारवाला संस्थाले उनीहरूको विवालाई बाल बिवाह भन्दै विवाह गर्न दिएन। वसन्ता कक्षा ८ मा अध्यनरत थिइन भने विशाल १० कक्षामा अध्यनरत थिए।
समाजका अगुवा र बाल अधिकारकर्मीले उनीहरूलाई पहिले पढाई पुरा गरेर मात्र विवाहको सल्लाह दिएका थिए। अन्यथा बिहे हुन नसक्ने बताए। उनीहरू दुबै छुट्टिएर नबस्ने भने पनि समाजका अगाडि बाध्य भएर वशन्तालाई उनको माइती घर पठाइयो। तर, त्यही बीचमा बसन्ताले छुट्टिएर एक्लै बस्नु पर्दाको पिडा खेप्न नसकेर गत असोज ७ गते माइती घरमै झुन्डिएर आत्महत्या गरिन्।
बसन्ताले आत्महत्या गरेपछि यता विशाल पनि विछिप्त बने। त्यही कारण आइतबार बिहान आफ्नै घरको शौचालयमा झुन्डिएर उनले पनि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।
परिवारका एक्ला छोरा बिशालको मृत्युपछि उनका अभिभावक बेहोस छन्। ‘विवाह बारी २० पारी’ भन्ने मान्यता स्थापित गर्न वालवालिकाको क्षेत्रमा कार्यरत सरोकारवालाहरू र सरकारले पछिल्लो समय वालविवाहमा प्रतिवन्ध लगाउँदै आएको छ। tulsipuronline
The post दुख्द खबर: बिवाह गर्न नदिए पछी झुन्डिएर आत्महत्या….. appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2ixhGCz
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.