Photo of Milford Sound in New Zealand

काठमाडौं, १४ मंसिर । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ को दनुवारवेसीमा बुधबार बम विस्फोटमा घाइते भएकी मिरा कटुवालको खुट्टा काटिएको छ । उनी उदयपुर नेविसंघकी अध्यक्ष हुन् ।

विस्फोटमा परेका उदयपुर २ का कांग्रेस प्रतिनिधिसभा उम्मेदवार नारायण कार्कीको दाहिने हात कामै नलाग्ने भएको छ । उनीहरूको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर बम विस्फोटमा घाइते भई उपचार गराइरहेकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । प्रधानमन्त्री देउवाले विद्यार्थी नेता कटुवालले एउटा खुट्टा गुमाउनुपरेकोमा दुःख व्यक्त गरेका थिए ।

The post उदयपुर बम विस्फोटमा परेकी नेविसंघकी जिल्ला अध्यक्ष मिरा कटुवालको खुट्टा काटियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BnXgnp
via IFTTT
30 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top