Photo of Milford Sound in New Zealand

लोकप्रिय पूर्व मन्त्री एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य बाम गठबन्धनका साझा उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरी सकेट बम विस्फोट गराईएको छ ।

मंगलबार बिहान बुढीगंगा गाउँपालिकाको वडा नम्बर ५ तर्फ घरदैलो कार्यक्रममा जाने क्रममा हात्तीमुढा नजिकैको सडकमा बम विस्फोट भएको हो । पण्डित तथा उनका सहयोगी चढेको गाडी बम राखिएको ठाउँ पुग्नु अगावै विस्फोट भएको हो ।

पण्डितका सहयोगी तथा विद्यार्थी नेता ओसिम आलमले सवारीलाई लक्षित गरी बम विस्फोट गराइएपनि नेता पण्डित र आफूहरु सकुशल रहेको बताए ।

पण्डित पत्नी तथा एमाले नेतृ विमला महतले बिराटनगरबाट बुढीगंगा जाने क्रममा नराम्रो घटना गराउन खोजिएपनि अवस्था सामान्य रहेको र सुरक्षाकर्मीका अधिकारीहरु आएर घटनास्थल निरिक्षण गरेको जानकारी दिईन् । उनले यस्ता हर्कतले लालबाबु पण्डितको कार्यक्रम प्रभावित नहुने बताईन् ।

पण्डितले घरदैलो अभियानलाई भने निरन्तरता दिईरहेका छन् । उनी मंगलबार राति ८ बजेसम्मै घरदैलो कार्यक्रममा हिँड्नेछन् ।

यसैबीच, लालबाबु पण्डित जस्ता नेतालाई बलमे उडाउन खोज्नेले कस्तो देशको परिकल्पना गरेका हुन् ? भन्दै सामाजिक सञ्चालमा चर्को विरोध भईरहेको छ ।

लालबाबु पण्डित समग्र जनताको नेता भएको र देशका लागि आवश्यक नेता भएकाले उनलाई पूर्ण सुरक्षाका साथै यस्ता गतिविधि नगर्न पनि उनीहरुको अनुरोध छ ।

The post ‘लालबाबु पण्डित जस्तो नेतालाई बम हान्नेले कस्तो देश बनाउन खोजेको ?’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ArPdcc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top